स्व. चक्र बहादुर ठकुरीको पाचौं स्मृतिमा खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं बैशाख १२। संविधानसभाका पूर्वसभासद् स्व. चक्रबहादुर ठकुरीको५ औं स्मृतिको अवसरमा आज उनका पुत्र नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले खाद्यान्न सहयोग गरेका छन। गोकर्णेश्वर नगरपालिका का बिभिन्न स्थानमा सहयोगी दाताहरुको सहयोग मा शुरु गरिएको विपन्न तथा मजदुरहरुलाई निशुल्क भोजन गराउने अभियानमा उनले सहयोग गरेका हुन् ।स्व. चक्र बहादुर ठकुरी २०७२ सालको महा भूकम्पमा परि रसुवामा उनको मृत्यु भएको थियो ।उनकै सम्झनामा खाद्यान्न सहयोग गरेक हुन् ।
कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बिमल ठकुरीले कपन अनलाइनलाइ बताए ।उक्त कार्यमा नेबी संघका डुजाङ शेर्पाले समेत सहयोग गरेका थिए ।
बिहान उनले गोकर्णेश्वर नगरपालिकाका करिब १५ स्थानका लागि ३ /३ बोराको दरले करिब ५० बोरा चामल लगायतको सामग्री आफ्नै उपस्थितिमा हस्तान्तरण गरेका हुन् । अफ्ट्यारो अवस्थामा गरिएको सत्प्रयासमा हातेमालो गर्दै यो सहयोग गरेको उनले बताए। उनले बुवा स्व. चक्र बहादुर ठकुरीलाइ स्मरण गर्दै सबैलाई सहयोग गर्नु पर्छ भन्ने भवना बुवामा रहेको त्यसैलाइ आफुले पछ्याउदै आएको पनि बताए ।
सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने अभियानको प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित हुने पनि बताए । उनले सो कार्यमा आफुहरुले सहयोग गर्न पाउदा खुसि लागेको पनि उनले बताए।