मनकारी पश्मिना व्यवसायी सुर्य गुरुङको मानव सेवा आश्रमलाई सहयोग

मनकारी पश्मिना व्यवसायी सुर्य गुरुङको मानव सेवा आश्रमलाई सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख १०।

बुढानिलकण्ठमा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई मुस्तांग जिल्लाको जोमसोम स्थायी घर भै हाल ललितपुर भैसेपाटी निवासी पश्मिना व्यवसायी  सुर्य गुरुंगले सहयोग गरेका छन।

सुर्य गुरुङ

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का  पश्मिना व्यवसायी कुमार खड्काको समन्वय र नेकपा जिल्ला सदस्य धुर्वराज न्यौपानेको सहयोगमा उक्त आश्रमका लागि १ लाख वरावरको खाद्यान्न सहयोग गरिएको हो।

आफ्नी आमा स्वर्गीय साङ्गे खन्य गुरूङको पुन्यतिथिको अवसरमा आश्रमका १९ वटा केन्द्रमा आश्रित ११ सय जनाको लागि उक्त सहयोग गरिएको थियो।

कोरोना प्रकोपका कारण निकै अफ्ट्यारो अवस्था भोग्नु परेको समयमा आफ्नो तर्फ बाट सहयोग गर्न पाउदा खुसि लागेको बताउदै गुरुङले सहयोगी र आश्रमलाई धन्यवाद दिएका थिए ।

उक्त रकम  मानवसेवा केन्द्रका बालबालिकाहरूका लागि भोजन र औषधीमा खर्च गरिने बताउदै सहयोगका लागि पहल गरेका  खड्काले यसअघि घरमा बस्नेहरूसँग लकडाउन भर भाडा नलिने घोषणा गरेको र  अत्यावश्यक र अफ्ठेराे परेकाहरूका लागि सहयाेग गर्न  व्यवसायीहरूबीच पहल भइरहेकाे जानकारी दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।