चम्पादेवी जाने वसले बढी भाडा असुलेको गुनासो ,सुचना दिन गाउँपालिकाको अनुरोध

चम्पादेवी जाने वसले बढी भाडा असुलेको गुनासो ,सुचना दिन गाउँपालिकाको अनुरोध

कपन अनलाइन 

काठमाडौं ,बैशाख १०।

काठमाडौं बाट ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँ पालिका जाने यात्रु वसले आपतकालीन अवस्थाको मौका छोपेर बढी भाडा असुलेको यात्रुहरुले गुनासो गरेका छन।

कठिन अवस्थामा आफ्नो जन्मस्थान फर्कने यात्रुहरु संग तोकिए भन्दा बढी भाडा असुलेको सुचना प्राप्त भए संगै गाउँपालिकाले अध्यक्ष र प्रवक्ताको नम्बर सार्वजनिक गरेर त्यस्तो अवस्था भएमा सम्पर्क गर्न अनुरोध गरेको छ।

यस्तो जटिल र विषम परिस्थितिमा गाउँ पालिका वासीको बाध्यताको फाइदा उठाएर भाडा असुल्ने सवारीलाई त्यस्तो नगर्न चेतावनी दिदै कुनै समस्यमा भएमा सम्पर्क गर्न सकिने गाउँपालिकाले आग्रह गरेको छ ।

सम्पर्क नम्बर :

१. नबराज के सि :  ९८५१०६१६८४ (अध्यक्ष)
२. अजय लुइटेल: ९८५१०४५२१९ ( प्रबक्ता)

तपाइँको प्रतिक्रिया ।