काठमाडौ -१५ का घर घरमा ताजा तरकारी पुर्याउने अभियान शुरु
कपन अनलाइन
काठमाडौं ,बैशाख ९ ।
काठमाडौ महानगरपालिका वडा नं. १५ ले वडा वासीको घर घरमा तरकारी घरदैलो तरकारी उपलब्ध गराउने अभियान शुरु गरेको छ।
वडाअध्यक्ष डंगोलको अगुवाइमा आइतवार अथवा चैत्र ७ गते भरतपुर महानगरपालिकाको केरुंगा सामुहिक कृषि फार्मबाट ३ टन तरकारी ल्याएर सहुलियत दरमा वडावासीलाई उपलब्ध गराइएको हो ।
स्वदेशी ताजा तरकारी र सस्तो मूल्यमा, किसानले आफ्नो परिश्रमको मूल्य पनि पाउने उपभोक्ताले पनि सिधै बारीको अर्गानिक उब्जनी सस्तो मूल्यमा उपभोग गर्न पाएको छ ।
यसैगरी स्वदेशी कृषि फार्ममा उत्पादित तरकारी तथा फलफुललाई प्रोत्साहन दिने हो भने विदेशी तरकारीको मुख कहिल्यै ताक्नु पर्ने अवस्था आउँदैन थियो कि ।
मुलुकभर लकडाउन रहेको विषम परिस्थितिमा १५ वडाबासीलाई ताजा तरकारी खुवाउने तरकारी व्यवस्थापन संयोजक उमेश रुपाखेतीलाई वडाबासीको तर्फबाट धन्यबाद दिएका छन् । साथै यदि कसैलाई आवश्यक तरकारीको अभाव खडिकएमा अथवा अन्य जानकारी लिनु परेमा संयोजक रुपाखेतीलाई ९८४१४८३५२५ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।