प्रकोप नियन्त्रणमा टोखा निवासी स्वास्थ्य कर्मीहरुको साथ ,स्वास्थ्य सल्लाहाकार समिति गठन

प्रकोप नियन्त्रणमा टोखा निवासी स्वास्थ्य कर्मीहरुको साथ ,स्वास्थ्य सल्लाहाकार समिति गठन

कपन अनलाइन 

काठमाडौं ,बैशाख ६।

टोखा नगरपालिकामा स्थायी वसोवास गर्ने डाक्टर ,नर्स तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको भेलाले स्वास्थ्य सल्लाहाकार समिति गठन गरेको   छ।

बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौलाको अध्यक्षतामा भएको भेलाले दुर्गा खड्का मिश्रको संयोजकत्वमा डा .दिपक महरा ,डा .खेमराज भुषाल ,डा.विधान निधि पौडेल ,डा.सुर्य देवकोटा ,डा.सुभाष आचार्य ,डा .पुरुषोत्तम श्रेष्ठ ,उमा श्रेष्ठ ,शान्ताराम अधिकारी,शिल्पा परियार ,सवु श्रेष्ठ  रहेको सल्लाहकार समिति गठन गरेको हो।

कोरोना प्रकोप विरुद्धको अभियानमा अहिले प्रकोप नियन्त्रण र रोकथामको पहिलो मोर्चामा रहेका स्वास्थ्यकर्मीहरुको अनुभव,ज्ञान,परामर्श र योगदान स्थायी वसोवास गर्ने नगरपालिकामा उपयोग गर्ने उदेश्यका साथ् आयोजना गरिएको भेलामा बागमती प्रदेस सभा सदस्य भीमसेन खत्री , प्रदेस सभा सदस्य सिता लामा ,टोखा नगरपालिका  प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल  सहित करिव ५१ जना स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

सल्लाहकार समितिले नगरपालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको शिप तथा दक्षता अभिवृद्धिका लागि  जनप्रतिनिधि तथा सरसफाईकर्मीहरुको प्रोत्साहनका लागी सल्लाहकार समितिले तालिम ,परामर्श लगायतका सहयोग गर्ने प्रदेस सभा सदस्य दिपक निरौलाले बताएका छन।

प्रकोप नियन्त्रण तथा रोकथामका लागि टोखा नगरपालिकाले गरेको पहलमा यसले ठुलो बौद्धिक र प्राविधिक सहयोग हुने बताउदै योगदान गर्ने तत्परताका लागि धन्यवाद दिएका थिए।

 

तपाइँको प्रतिक्रिया ।