स्थानीय तहका प्रमुखहरु संग प्रत्यक्ष संवादमा बागमती प्रदेसका मुख्यमन्त्री पौडेल
कपन अनलाइन
हेटौडा ,बैशाख २।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहका प्रमुखहरु संग छलफल गरेका छन । मुख्यमन्त्री पौडेलले वडा सङ्ग समन्वय गरेर आबश्यक सामाग्री वडाभित्र व्यवस्था गरेर लकडाउन प्रभावकारी बनाउन स्थानीय तहका प्रमुखहरु संग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्दै निर्देशन दिएका हुन्।
अहिले कोरोना भाईरसका कारण देशमा जारी रहेको लकडाउनको अवस्थाका बिषयमा मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेती, चितवनको रत्ननगर नगरपालिका प्रमुख नारायण वन, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख जगतबहादुर भ्लोन, धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र दोलखाको भिमेश्वर नगरपालिका प्रमुख भरत केसीसङ्ग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गरेका थिए ।
कुराकानीमा सबै स्थानीय तहले आफ्ना नाकाहरुमा कडाइ गर्ने हो भने लकडाउन प्रभाबकारी हुने बताएका थिए ।
स्थानीय तहले मात्र राहत बितरण गनुपर्ने बताउँदै एकद्वार निति अपनाउन आग्रह गर्दै लकडाउनका कारण काम गर्न नपाएर दैनिक गुजारा गर्न नसकी साच्चै मर्का परेकालाई मात्र राहत दिने वातावरण बनाउए राहत राहत पुर्याउन प्रदेश सरकारले सहयोग गर्ने आस्वासन दिएका थिए । कृषिको समस्या समाधान गर्न सरकारले छलफल गरिरहेको भन्दै कृषि उपजको बिक्रिको ब्यस्थापन गर्न सहज बनाउन सरकारले किसानलाई सहयोग गर्ने पनि उंले जानकारी गराएका थिए ।
भौतिक दुरी कायम गरी कृषि उत्पादनमा सहभागि हुन सकिने तर्फ ध्यान दिन आग्रह गर्दै खेति गर्ने समय नजिक आएकोले बिउबिजन, मलका लागि स्थानिय तहले समन्वय गर्न आग्रह गर्दै यो कार्यमा प्रदेश सरकारले तयारी सुरु गरेको पौडेलले जानकारी दिएका थिए ।
यसैगरी बुधबार चितवनको भरतपुर र माडि नगरपालिका, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बारबिसे नगरपालिकाका प्रमुखहरुसंग भिडियो कन्फ्रेस गर्ने कार्यक्रम रहेको छ ।