कागेश्वरी मनोहरा नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको RDT टेष्ट गरियो

कागेश्वरी मनोहरा नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको RDT टेष्ट गरियो

कपन अनलाइन

काठमाडौं ,बैशाख २ ।

कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट स्वास्थ्य चाौकीमा १८ जना र डाँछी स्वास्थ्य चौकीमा ३२ जनाको RAPID DIGNOSTIC TEST (RDT) गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।
यस अघि हिजो मुलपानी स्वास्थ्य चौकी (प्रस्तावित नगर अस्पताल) मा ३६ जनाको RAPID DIGNOSTIC TEST (RDT) गरिएकोमा ३ जनाको पोजेटिभ र अरु ३३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
RAPID DIGNOSTIC TEST (RDT) गरिएका ३ जनाको हाल पाटन अस्पतालमा उपचार भैरहेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासंगको समन्वयमा नेपाल बाहिरबाट नगरपालिकाभित्र आएका सम्पूर्ण व्यक्तिहरुको RAPID DIGNOSTIC TEST (RDT) गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।