मेलम्ची नगरपालिकामा RDT परिक्षण गरिएका ७ जनाको रिपोर्ट नेगेटिभ
कपन अनलाइन
सिन्धुपाल्चोक ,बैशाख २।
मेलम्ची नगरपालिकामा बिदेश बाट फर्केर होम क्वारेन्टाइनमा बसेकाहरुको आज बाट र्यापिड परिक्षण सुरु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा आज ७ जनाको परिक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद केसिले जानकारी दिएका छन ।
परिक्षण गरिएका ७ जनामा नै कोरोना संक्रमण नरहेको प्रारम्भिक परिक्षणबाट पाइएको हो ।मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका प्राविधिकहरुले मेलम्ची र्टेयापिड स्टीङ किट मार्फत कोरोनाको जाँच गरेको हुन् । गत चैत्र महिना भित्र विदेशबाट आएका ब्यक्तिहरुको परिक्षण गरिएको थियो । फोटो सौजन्य :रेडियो मेलम्ची
तपाइँको प्रतिक्रिया ।