नयाँ वर्ष २०७७ मा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको सन्देस !

नयाँ वर्ष २०७७ मा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको सन्देस !

कपन अनलाइन

काठमाडौं ,बैशाख १।

शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले नगरबासीलाइ नया वर्ष २०७७ को  शुभकामना ब्यक्त गरेका छन।

नगर प्रमुख श्रेष्ठको शुभकामना सन्देस :

विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको कारण लामो समय देखि विश्वका विभिन्न मुलुकहरुमा धेरै मानिसहरुले ज्यान गुमाईसकेका छन् भने विश्वका धेरै मुलुकहरुले यसलाई रोक थाम गर्न सकियोस भनि लकडाउन गर्दै आइरहेका छन्।

यसको प्रकोपलाइ नियन्त्रणमा लिन विश्वका शक्तिशाली र बिकशित राष्ट्रहरुले पनि नसकिरहेको  यस  विषम परिस्थितिमा  हाम्रो मुलुक पनि  प्रकोप रोकथामको लागि लकडाउनको अवस्थामा रहेको सबैलाई अवगत नै छ।

हामीले हाम्रो नगरपालिकामा यस्तो संक्रमणको प्रकोप भित्रिन नदिनको लागि सावधानी अपनाउदै यसको प्रकोप देखि हालेमा संक्रमण फैलन नदिन नगरपालिकाले  प्रयासहरु गगरेको जानकारी गराउन चाहन्छु ।

हाल सम्म विदेश बाट नगरपालिकाका बिभिन्न वडाहरुमा भर्खरै आउनु हुने कोहि पनि महानुभावहरुमा कोरोना संक्रमण नदेखिएको कुरा पनि जानकारी गराउदै जनस्तर बाट अपनाउन पर्ने सावधानी अझै सशक्त रुपमा अपनाउनको लागि सम्पूर्ण नगरबासीलाइ हार्दिक अपिल गर्दछु ।

नया वर्ष २०७७ले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नगरबासीलाई यस विषम परिस्थितिमा धैर्य, संयमता तथा साबधानीका साथ विश्वब्यापी महामारी संग जुध्ने सामर्थ्य प्राप्त होस् भन्ने शुभकामना ब्यक्त गर्दछु।

नगरपालिकाले आफ्नो नगर भित्र विदेश बाट आएका महानुभावहरुको लागत राखी स्थानीय प्रतिनिधिहरुको निगरानीमा घरमा नै क्वारेन्टाइनमा बस्ने र उनीहरुको स्वाथ्य परिक्षणको व्यवस्था मिलाएको छ।

आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरु

हामीले हाम्रो नगरपालिकामा दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने तथा त्यस्ता परिवारहरुले भोक भोकै बस्न नपरोस भनेर स्थानीय वडा प्रतिनिधि मार्फत छनौट गरिएका दलका प्रतिनिधि संघ सस्था र बुद्धिजीवीहरुको समेत संलग्नतामा  वडाहरुमा राहत वितरण गरिदै आएको र  कोहि पनि अफ्ट्यारोमा पर्नु भएको छ भने वडा अध्यक्षहरुलाइ सम्पर्क गर्न सकिने जानकारी  गराउछु।

यो महामारीको प्रकोप कम हुदै गइ सम्पूर्ण मानव जातिको समृद्दी कायम गर्ने तर्फ नया आयामहरुको थालनी गर्न सकियोस भन्ने कामना गर्न चाहन्छु साथै यो महामारीसँग जुध्न अहिले अग्रपंक्तिमा उभिएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, जनप्रतिनिधी,संचारकर्मी तथा अत्यावश्यकसेवामा खटिएकाहरुलाइ उच्च सम्मान ब्यक्त गर्दछु।

तपाइँको प्रतिक्रिया ।