नयाँ वर्ष २०७७ मा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलको शुभकामना सन्देस !
कपन अनलाइन
काठमाडौं बैशाख १ ।
बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले नगरबासीलाइ नया वर्ष २०७७ को शुभकामना ब्यक्त गरेका छन।
प्रमुख खरेलको नगरवासीलाई शुभकामना सन्देस :
विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको कारण लामो समय देखि विश्वका विभिन्न मुलुकहरुमा धेरै मानिसहरुले ज्यान गुमाईसकेका छन् भने विश्वका धेरै मुलुकहरुले यसलाई रोकथाम गर्न पुरा सामर्थ्य लगाइरहेका छन ।
यसको प्रकोपलाइ नियन्त्रणमा लिन विश्वका शक्तिशालीर बिकशित राष्ट्रहरुले पनि सकिरहेका छैनन् यस्तो विषम परिस्थितिमा बिगत दुइ हप्ता अगाडी देखि हाम्रो मुलुक पनि यसको केहि प्रकोप देखिन थालेको र यसको रोकथामको लागि मुलुक भर लकडाउनको अवस्था रहेको नगरबासी सबैलाई अवगत नै छ।
हामीले हाम्रो नगरपालिकामा यस्तो संक्रमणको प्रकोप भित्रिन नदिनको लागि सावधानी अपनाउदै आएका छौ कथम कदाचित यसको प्रकोप देखि हालेमा संक्रमण फैलन नदिन नगरपालिकाले एथेष्ट प्रयासहरु गरिएको जानकारी गराउन चाहन्छु ।
हाल सम्म विदेश बाट नगरपालिकाका बिभिन्न वडाहरुमा भर्खरै आउनु हुने कोहि पनि महानुभावहरुमा कोरोना संक्रमण नदेखिएको जानकारी गराउदै संक्रमण फैलन नपाओस भनि जनस्तर बाट अपनाउन पर्ने सावधानी अझै सशक्त रुपमा अपनाउनको लागि सम्पूर्ण नगरबासीलाइ हार्दिक अपिल गर्दछु ।
हामी अहिले विषम परिस्थितिको सामना गरिरहेका छौ ।यस विषम परिस्थितिमा धैर्य संयम तथा साबधानी अपनाई जो जहाँ स्वदेश तथा विदेश मा रहनु भएको छ, सोहि स्थानमा सुरक्षित साथ् रहनको लागि पनि हार्दिक आग्रह गर्दछु ।
अन्तमा आउदै गरेको नया वर्ष २०७७ले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नगर बासीलाई यस विषम परिस्थितिमा धैर्य संयमता तथा साबधानीका साथ विश्व ब्यापी महामारी संग जुध्ने सामर्थ्य प्राप्त होस् र यो महामारीका रुपमा रहेको कोरोना भाइरस जस्तो संक्रमणको नियन्त्रण होस भन्ने शुभकामना ब्यक्त गर्दछु।
नगरपालिकाले आफ्नो नगर भित्र विदेश बाट आएका महानुभावहरुको लागत राखी स्थानीय प्रतिनिधिहरुको निगरानीमा घरमा नै क्वारेन्टाइनमा बस्ने र उनीहरुको स्वाथ्य परिक्षणको व्यवस्था मिलाएको छ।
आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरु
हामीले हाम्रो नगरपालिकामा दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने तथा त्यस्ता परिवारहरु ले भोक भोकै बस्न नपरोस भनेर स्थानीय वडा प्रतिनिधि मार्फत छनौट गरिएका दलका प्रतिनिधि संघ सस्था र बुद्धिजीवीहरुको समेत संलग्नतामा नगरपालिकाका सबै वडाहरुमा राहत वितरण गरिदै आएका छन ।
यो अवधिमा राहत बाट कोहि पनि अफ्ट्यारोमा पर्नु भएको छ भने वडा अध्यक्षहरु लाइ सम्पर्क गर्न सक्नु हुनेछ। त्यस्ता समस्याहरु तदअनुरुप समाधान गर्न समेत कटिबद्द रहेको जानकारी गराउन चाहान्छु ।
अन्तमा आउदै गरेको नया वर्ष २०७७ले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नगरबासीलाई यस विषम परिस्थितिमा धैर्य संयमता तथा साबधानीका साथ विश्व ब्यापी महामारी संग जुध्ने सामर्थ्य प्राप्त होस् र यो महामारीका रुपमा रहेको कोरोना भाइरस जस्तो संक्रमणको नियन्त्रण होस भन्ने शुभकामना ब्यक्त गर्दछु।
साथै २०७७ सालको थालनी बाट नै यो महामारीको प्रकोप कम हुदै गइ सम्पूर्ण मानव जातिको समृद्दी कायम गर्ने तर्फ नया आयामहरुको थालनी गर्न सकियोस भन्ने कामना गर्न चाहन्छु। यो महामारीसँग जुध्न अहिले अग्र पंक्तिमा उभिएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, जनप्रतिनिधी,संचारकर्मी तथा अत्यावश्यकसेवामा खटिएकाहरुलाइ उच्च सम्मान ब्यक्त गर्न चाहान्छु ।