रोटरी क्लब अफ साँखु र साँखु जेसिज द्वारा शंखरापुर नगरपालिकालाई पिपिई (PPE) सहयोग
कपन अनलाइन
काठमाडौं चैत्र ३० ।
रोटरी क्लब अफ साँखु र साँखु जेसिजले संयुक्त रुपमा शुक्रबार शंखरापुर नगरपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट ‘पिपिई’) हस्तान्तरण गरिएको छ। ।
शंखरापुर नगरपालिकामा एक कार्यक्रमका बिच रोटरी क्लब अफका साँखुका अध्यक्ष नवराज श्रेष्ठ र साँखु जेसिजका अध्यक्ष सरोज कुइकेलले संयुक्त रूपमा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठलाई १४ सेट पि पि ई हस्तान्तरण गरेका हुन ।
कोरोना भाइरसको जोखिम मोल्दै काम गर्दै आइरहेको उनीहरुको स्वास्थ्यको ख्याल गर्दै उक्त सामग्री प्रदान गरिएको हो। कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकहरूलाई संक्रमणको जोखिम बढी भएकोले उनिहरूलाई काम गर्न सहज होस भनि पि पि ई उपलब्ध गराएको साँखु जेसिजका अध्यक्ष सरोज कुईकेलले बताएका छन् ।
उनले जोखिममा काम गर्ने मान्छेले कम्तीमा आफुलाई सुरक्षित महसुस गरेर काम गर्न सक्यो भने जोखिम न्युनीकरणमा सहयोग पुग्ने बिश्वासका साथ् सो सामग्री प्रदान गरेको बताए । त्यसै गरि झुले अर्गानिक र्फम रिसोर्ट का संचालक गणेशयोन्जन १३ थान पि पि र्इ, सेनिटाइजर र मेडिसन माक्स नगरपालिकालाई उपलब्ध गराएका छन ।
दाताहरूलाई धन्यबाद दिदै शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठले संकटको घडिमा सबै मिलेर अघि बद्नु पर्नेमा जोड दिएका थिए सप कार्यक्रममा नगरपालिकाकि उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । फोटो सौजन्शंय :खरापुर् न्युज