सुरक्षित समाज निर्माणको लागि लकडाउनको पूर्ण रुपमा पालना गरौ :कलाकार श्रीकृष्ण सिंखडा

सुरक्षित समाज निर्माणको लागि लकडाउनको पूर्ण रुपमा पालना गरौ :कलाकार श्रीकृष्ण सिंखडा

कपन अनलाइन

काठमाडौँ,चैत्र ३० । कलाकार एबम सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडाले सम्पूर्ण नेपालीलाइ स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (Covid 19)को प्रकोपको कारण सम्पूर्ण विश्व आतंकित बनिरहेको बेलामा नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी भेटिएकाले स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेका छन् ।  उनले कपन अनलाइन संग कुरा गर्दै नोबेल कोरोना भाइरस रोकथाम लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षाको लागि नेपाल सरकारले लागु गरेको लक डाउनलाइ पूर्ण रुपमा पालना गर्न अनुरोध गर्दै अहिले सरकारले गरेको कार्य सबैको हितका लागि गरिएको हुनाले सबैले नियम मान्नुहुन्छ भन्ने लागेको बताए ।

उनले  सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गर्दै आम नेपाली जस्तै अहिले आफु पनि घरमै बस्नु परेको बताए ।उनले घरमा बसेर हामी आफूलाई, आफ्नो परिवारलाई मात्र सुरक्षित बनाईरहेका छैनौ, सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि हामीले योगदान दिईरहेको बताए।उनले सक्रिय व्यक्ति बढी जनसम्पर्कमा आउने भएकाले उनीहरू सङ्क्रमणको जोखिममा पर्न सक्ने भन्दै अनावश्यक भीडभाड र सार्वजनिक स्थलमा नजान पनि अनुरोध गरेका छन । उनले लगडाउनको नियम पालना गरि सुरक्षित समाज निर्माणमा सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

चीनको हुवेई प्रान्तबाट रोग फैलिने बित्तिकै आफुले  केही सोची हालेको बताउदै ,यो सामान्य छैन।सौचालय सफाइ को कार्य लाई केहि समय स्थगित गरेर  सचेतना को लागी व्यक्तिगत  खाजा खर्च कटाएर मास्क बाडन सडक मा निस्किएको समरण गर्दै त्यस पछि आफ्नो  ध्यान भिड नियन्त्रण गर्नु पर्छ भन्ने सोचेर स्कुल कलेज बन्द गर्ने दबाब मा निस्किएको र बिभिन्न संचार माध्यम बाट सो कुरा बताएको पनि स्मरण गरे  ।

उनले त्यस पछि आपत कालिन स्थिति घोषणा गरेर सबै को जिबन रक्षा का लागी सरकार दबाब दिन पहल  भएको भन्दै अहिले बाटोमा अप्ठ्यारो पर्नु भएका हरु लाई मानविय सहयोग र उद्दारका लागि  जनता लाई अपिल गरि रहेको बताए ।लक डाउन कडा गर्न र सिमा नाका नखोल्न पनि आफुले अनुरोध गरि रहेको  बताए । उनले सिमामा अड्सकेका  आफ्ना नागरिकको  राज्यले सम्मान जनक उद्दार गर्न पनि अनुरोध गरेका छन् ।

स्थानीय प्रदेश र केन्द्र सरकारले समन्वय गरेर निर्णय गर्न र  दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरूको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन सरकारलाई सुझाब दिएका छन् । उनले संकटको घडीमा अहोरात्र खटिने स्वाथ्यकर्मी, सुरक्षाकर्मी , संचारकर्मी अत्यावश्यक सामग्री ढुवानीकर्ता  तथा जनप्रतिनिधिहरुलाई धन्यबाद दिदै प्रसंशा समेत गरेका छन्  ।

श्रमजीवीहरुलाई यो लकडाउनले निश्चय नै बढि प्रभाव पारेको  भन्दै रोगको  भय भन्दा पनि भोकको भयले उनीहरुलाई सताएको  बताए।  उनले यस अवस्थामा हामीले आफ्नो तर्फबाट गर्न सकिने सहयोगका लागि तत्पर हुनुपर्ने  बताउदै राज्यको तर्फ बाट  हरेक दिन ज्याला–मजदुरी गरी छाक टार्नेहरूको विवरण संकलन  भइ राहत वितरण  भईरहेको हुँदा वास्तविक दैनिक ज्यालादारी, मजदुर तथा स्रोत विहिन विपन्न वर्गका श्रमिकहरु कोहि पनि त्यसमा नछुटुन भनेर अपिल पनि  गरेका छन ।

तपाइँको प्रतिक्रिया ।