बुढानिलकण्ठ नगरपालिका वडा न.८ मा राहत वितरण
कपन अनलाइन
काठमाडौं ,चैत ३०।
बुढानिलकण्ठ नगरपालिका वडा न.८ मा राहत वितरण आज पनि जारी रहेको छ । दैनिक ज्याला मजदुरी गर्ने,विपन्न तथा विहान बेलुकी खाना खान नै समस्या भएका भएका मानिसहरुका लागि सरकारले राहत दिने घोषणा गरे अनुरुप स्थानीय तहहरुमा राहत वितरण गरिएको हो ।
बुढानिलकण्ठ – ८ मा करीब ४७७ जना घर परिवारलाइ राहत दिइने भएको छ जसमध्ये केहि स्थानमा राहत वितरण गरि सकिएको र अर्को जारी रहेको वडाले जानकारी दिएको छ।
अनिता मिलन स्कुल, गोल्फुटार बास्केटबल कोर्ट,जगन्नाथ मन्दिर र माथ्लो भङ्गालको शिरिशको बोट मुनि समेत गगरे चार स्थानबाट राहत वितरण भइरहेको र चारै स्थानमा जनप्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधिहरु,सुरक्षा निकायका प्रतिनिधि ,युवा क्लब तथा सामाजिक संस्थाका प्रतिनिधिहरु समेतको सहयोगमा सजह तरिकाले राहत वितरण गरिरहेको बारे वडा अध्यक्ष सुमन तामाङ्गले जानकारी दिएका छन।