गोकर्णेश्वर नगरपालिकाको राहत सम्बन्धि सार्वजनिक अपिल
कपन अनलाइन
काठमाडौं चैत्र २२।गोकर्णेश्वर नगरपालिकाले सम्पूर्ण नगर बासीलाई राहत सम्बधि सार्वजनिक सूचना मार्फत अपिल गरेको छ। गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी द्वार हस्ताक्षरित उक्त सुचनामाकोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि लगत फारम संकलन भईरहेको व्यहोरा जानकारी गराएको छ।
साथै यस असहज परिस्थितिमा लक्षित वर्ग बाहेकका ब्यक्तिहरुले पनि राहत बुझ्नको लागि फारम भरेको देखिन आयको हुँदा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नाबुझिदिन र राहतको लागि फारम समेत नभरी दिन गोकर्णेश्वर नगरपालिकाले सबैलाई अपिल गरेको छ ।