सरकारले घरमै बस्न गरेको आग्रहलाई पूर्ण रुपमा पालना गर्नु नै एक जिम्मेबार नागरिकको कर्तव्य हो :हरिकृष्ण श्रेष्ठ
कपन अनलाइन
काठमाडौं चैत्र २२। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (Covid 19)को प्रकोपको कारण सम्पूर्ण विश्व आतंकित बनिरहेको बेलामा नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी भेटिएकाले स्वास्थ्य सतर्कता अपनाउन आम अभिभावक शिक्षक तथा सबै नेपालीहरुलाई अनुरोध गरेका छन्। उनले कपन अनलाइन संग कुरा गर्दै यस्तो बताएका हुन् ।
नेकपा काठमाडौं जिल्ला सचिवालय सदस्य समेत रहेका श्रेष्ठले सबै नेपालीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा आम नेपाली जस्तै अहिले आफु पनि घरमै बसेको बताए ।उनले घरमा बसेर हामी आफूलाई, आफ्नो परिवारलाई मात्र सुरक्षित बनाईरहेका छैनौ, सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि हामीले योगदान दिईरहेको बताए।उनले कोरोना भाइरस संक्रमण रोक्न सरकारले चालेको लकडाउनको कदमलाई स्वागत गर्दै पूर्ण कार्यान्वयनम सघाउन सबैलाई अपिल गरेका छन् ।
सरकारले घरमै बस्न गरेको यो आग्रहलाई पूर्ण रुपमा पालना गर्नु नै एक जिम्मेबार नागरिकको कर्तव्य भएको बताए । धेरैलाई यो लागेको हुनसक्छ कि केवल संक्रमित भएको मान्छे मात्र घरबाट बाहिर ननिस्कने हो, अरु स्वस्थ मान्छे बाहिर निस्किए केही हुँदैन । यदि यस्तो कसैले सोचेको छ भने ऊ भयंकर भ्रममा छ । कोरोना सर्ने भनेकै तपाई बाहिर अरु व्यक्तिको सम्पर्कमा आएपछि नै हो उनले भने ।
कोरोना सर्ने भनेकै तपाई बाहिर अरु व्यक्तिको सम्पर्कमा आएपछि नै हो । जबकि तपाइको सम्पर्कमा आएको व्यक्ति त्यसबेला स्वस्थ देखिएको हुन सक्छ । उसमा कुनै पनि रोगको लक्षण देखिएको हुँदैन । तर उभित्र कुनै अर्को संक्रमित व्यक्तिसँग सम्पर्कमा आएको कारणले कोरोनाको भाइरस प्रवेश गरिसकेको हुनसक्छ । तसर्थ तपाइको असावधानीले भाइरस तपाइकै घरभित्र समेत प्रवेश गर्न सक्ने भएकोले सतर्क हुन अनुरोध गरेका हुन् ।
उनले नेपालमा पनि लक डाउनको अवधिमा शहर बजारका सडक एवं गाउँघरका चोक–चौतारामा मानिसहरु लापरवाह हिँडेको र भेला भएकोमा चिन्ता ब्यक्त गर्दै उनले यो विषम परिस्थितिमा तपाई हामीले गरेको सानो गल्तीले ठुलो बिनाश ल्याउन सक्ने भएकोले लकडाउनको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन अनुरोध समेत गरेका छन ।उनले आफन्त कोहि विदेश बाट आएको भए तुरुन्तै नजिकको प्रहरी वा वडा समितिमा खबर गरि सहयोग गर्न पनि अनुरोध गर्दै जनहितको लागि सरकारले जारी गरेको नियमको पालना गर्दै आफु पनि बाचौ र अरुलाई पनि बचाउन अनुरोध गरेका छन्।
उनले यो संक्रमणवाट विश्व नै त्रसित भई रहेको अवस्थामा हाल सम्म यसको औषधी पत्ता नलागेकोले हाम्रा आनी बान मा सुधार गरेमा संक्रमण न्यूनीकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै सामजिक दुरी कायम गर्न खानपिनमा सुधार गर्न , भिडभाड नगर्न र मास्कको सहि प्रयोग गर्न अनुरोध गर्दै सबैलाई कोरोना बाट त्रसित नभई सर्तकताका अपनाउनको लागि अपिल गरेका छन ।उनले कुनै पनि समस्या आइपरेमा आफु सहयोग गर्न तत्पर रहेको जानकारी गराउदै यस संकटको घडीमा कुनै पनि समस्या आइपरेमा ९८५१०६२५९६ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन ।
यो जटिल परिस्थितिमा तपाईं हामी जति संबेदनशील र सजग रहन्छौ त्यतिनै संक्रमणको जोखिम पनि कम हुने भन्दै लक डाउन को अवधिमा घरमै बसेर पनि रचनात्मक काम गर्न पनि सुझाएका छन । उनले संकटको घडीमा अहोरात्र खटिने स्वाथ्यकर्मी, सुरक्षाकर्मी , संचारकर्मी अत्यावश्यक सामग्री ढुवानीकर्ता तथा जनप्रतिनिधिहरुलाई धन्यबाद दिदै प्रसंशा समेत गरेका छन् ।श्रमजीवीहरुलाई यो लकडाउनले निश्चयनै बढि प्रभाव पारेको भन्दै रोगको भय भन्दा पनि भोकको भयले उनीहरुलाई सताएको बताए। उनले यस अवस्थामा हामीले आफ्नो तर्फबाट गर्न सकिने सहयोगका लागि तत्पर हुनुपर्ने बताउदै राज्यको तर्फ बाट हरेक दिन ज्याला–मजदुरी गरी छाक टार्नेहरूको विवरण संकलन भइ राहत वितरण भईरहेको हुँदा वास्तविक दैनिक ज्यालादारी, मजदुर तथा स्रोत विहिन विपन्न वर्गका श्रमिकहरु कोहि पनि त्यसमा नछुटुन भनेर अपिल पनि गरेका छन ।