प्रदेस सभा सदस्य कुसुम कुमार कार्की द्वारा काठमाडौं क्षेत्र नं ४(२ ) मा लकडाउनको अनुगमन

प्रदेस सभा सदस्य कुसुम कुमार कार्की द्वारा काठमाडौं क्षेत्र नं ४(२ ) मा लकडाउनको अनुगमन

कपन अनलाइन 

काठमाडौं ,चैत २२।

बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ४(२ ) का विभिन्न वडामा लकडाउनको अवस्थाको अनुगमन गरेका छन।

बागमती प्रदेस सरकारको निर्णय अनुसार निर्वाचित प्रदेस सभा सदस्यको नेतृत्वमा अनुगमन गर्ने क्रममा सांसद कार्कीले   बुढानिलकण्ठ नगरपालिका वडा नं १,२,११ र १३ का विभिन्न क्षेत्रमा लकडाउनको अनुगमन गर्नुका साथै स्थानीयहरु संग विषम परिस्थितिका वारेमा छलफल पनि गरेका थिए।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा लक डाउनको अवस्था र तयारीका वारेमा नगर प्रमुख उद्दव खरेल संग छलफल गर्दै सांसद कार्कीले आगामी योजना र जनप्रतिनिधिको भूमिकाका वारेमा जानकारी पनि लिएका थिए।

त्यस्तै कार्कीले सो अवसरमा विभिन्न वडामा राहत वितरण तथा अन्य तयारीका वारेमा पनि जानकारी लिएका थिए । कार्की संगै अनुगमनमा नेकपा काठमाडौं जिल्ला कमिटि सदस्य धुर्वराज न्यौपाने ,बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई ,वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ लगायत सहभागी रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।