कोरोना संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोषमा टोखा नगरपालिकाको २ करोड ५० लाख
कपन अनलाइन
काठमाडौं ,चैत २१।
टोखा नगरपालिकाको ५७ औ कार्यपालिका बैठकले कोरोना संक्रमण रोकथाम ,नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ।सो बैठकले टोखा नगरपालिकाका तर्फ बाट २ करोड ५० लाख रुपैया राख्ने निर्णय गर्दै यस विचमा हुने सम्पूर्ण खर्च यहि कोष बाट बेहोर्ने निर्णय गरिएको छ।
त्यस्तै सोहि बैठकले विपद व्यवस्थापन तथा राहत वितरण मापदण्ड निर्धारण समितिले गरेको सिफारिस र उपत्यका नगरपालिका फोरमको निर्णय बमोजिम वितरण गर्ने निर्णय गरेको छ।
साथै वडामा गरिने राहत वितरण वडा अध्यक्ष वा निजले तोकेको वडाका प्रतिनिधिको नेतृत्वमा सर्वपक्षीय समिति निर्माण गरि अनुगमन गर्ने निर्णय पनि गरेको छ।त्यस्तै उक्त कार्यपालिकाको बैठकले वडा नं १ मा पहिलाको रकममा ४ लाख थप गरि ५ लाख र अन्य वडामा ६ लाख थप गरि ७ लाख पेस्की स्वरूप उपलव्ध गराउने निर्णय पनि गरेको छ।
टोखा नगरपालिका भित्रका जात्रा तथा पर्वहरु हाललाई स्थगित गर्दै विपद व्यवस्थापनमा खट्ने कर्मचारीलाई विशेष भत्ता उपलव्ध गराउने निर्णय गरेको छ।