सांसद दिव्यमणि राजभण्डारी द्वारा बुढानिलकण्ठ नगरपालिकाको कोषमा एक लाख सहयोग

सांसद दिव्यमणि राजभण्डारी द्वारा बुढानिलकण्ठ नगरपालिकाको कोषमा एक लाख सहयोग

कपन अनलाइन 

काठमाडौं ,चैत २१।

प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक लाख रुपैया सहयोग गरेका छन।

राजभण्डारीले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई चेक  हस्तान्तरण गर्दै नगरपालिकाले संचालन गरेका राहत तथा अन्य काममा अपह्नो सहयोग रहने प्रतिवादत्ता व्यक्त गरेका थिए।

त्यस्तै प्रतिनिधि सभा सदस्य राजभण्डारीले बुढानिलकण्ठ नगरपालिकाले राहत वितरण तथा विपद व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले अगाडी बढाएको भन्दै आगामी दिनमा पनि सबै पक्षको सहयोगमा विभिन्न कार्यक्रम संचालन गर्नका लागि अबुरोध गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।