नगरवासीको सहयोगका लागि कागेश्वरी मनोहरा नगरपालिका द्वारा २५ लाखको सहयोग कोष स्थापना
कपन अनलाइन
काठमाडौं ,चैत १३।
कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना संक्रमण र यस बाट बच्नका लागि गरिएको अभियानमा कुनै आपत वीपद परेको खण्डमा उपयोगका लागि २५ लाख रुपैयाको कोष स्थापना गरेको छ।
साथै नगरपालिकाले उक्त रकम वडाको जनघनत्व अनुसार विभाजन गरेर नगरवासीलाई खाद्यान्न तथा अन्य सहयोग उपलव्ध गराउने जनाएको छ ।
त्यस्तै नगरपालिकाले स्थापना गरेको यस कोषमा नगरवासी र अन्य इच्छुक महानुभावले सहयोग गर्न सक्ने नगरपालिकाले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।