मेरो देश (कविता )
कपन अनलाइन
काठमाडौं ,चैत ११ /अर्जुनप्रकाश भुसाल
मेरो देश,
वीरताले रन्गीएको,
गौरवपुर्ण गाथाले भरिएको,
ईतिहासहरूको फगत विस्कुन मात्र होइन
सगरमाथारूपी दृढ आत्मविस्वास पनि हो।
तिमीहरूले जन्मायौ,
प्लेग, हैजा, स्पेनिस फ्लु , सार्स र ईवोला,
बनायौ करोडौ मानिसहरूको जीवनलिला,
देखायौ कथित आणविक युद्दको ताण्डव नृत्य
तर,
कहिल्यै झुकेन मेरो देश, लत्रिएन मेरो देश ।
हराएकै त हो ती विश्व युद्दाका माहारथिलाई,
भगाएकै त हो देशको सिमावाट ज्यानको वाजीलगाई,
देखायौ त पटक पटक अमानविय नग्न नृत्य,
तर ,
झुकेन मेरो देश ती नरपिचास भक्षकसॅग,
जहाॅ थिए वीर वलभद्र देश भक्त रक्षकहरू
पृथ्वीनारायण शाहको विस्तारको पथमा
भक्ति थापा अमरसिहं थापा जस्ता सपुतहरू
भोक प्यासै लडी कुमाउ गढवाल र टिष्टासम्म
वचाएको मेरो देश,
तिमीहरूको कुकर्मको वृष्टि भइरहदा मेरो देश
जानकि र पशुपतिनाथलाई सगरमा राखी साक्षी वनेको छ
गौतम बुद्दको अथाह दुर दृष्टि मार्गनिर्देशमा ।
सक्दैन कसैले भाईरस पठाउन यहाॅ
यो देश पृथ्वीनारायण शाहले एकिकरण गर्दा भुगोल मात्र गरेनन
वीर नेपालीको मन , सम्वन्ध र विस्वास पनि एकजुट गरे र आज पनि
मेरो देश ईतिहासको फगत विस्कुन मात्र होइन……
वर्तमानको अटल एकता देशभक्तिको सूचक पनि हो
यसैले त हाम्रो विस्वासको सगरमा कसैले छुन सक्दैन
मेरो देश ईतिहासको फगत विस्कुन मात्र होइन….
मेरो देशमा तिम्रो भाईरस सगैं कहिल्यै हुन सक्दैन ।
तपाइँको प्रतिक्रिया ।