गोकर्णेश्वर नगरपालिका – १ को बेरोजगार सूचीमा सूचिकृत हुने सम्बन्धी सूचना

गोकर्णेश्वर नगरपालिका – १ को बेरोजगार सूचीमा सूचिकृत हुने सम्बन्धी  सूचना

कपन अनलाइन

काठमाडौं ,चैत ७।गोकर्णेश्वर नगरपालिका वडा नं – १ को कार्यलयले सार्वजनिक सूचना जारि गरेको छ।उक्त सूचना मार्फत प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत आ.ब. २०७७/०७८ का लागि बेरोजगार सूचीमा सूचिकृत भई १०० दिन सम्मको न्यूनता रोजगारी संलग्न हुन् इच्छुक यस वडाका बेरोजगार व्यक्तिहरुले तपशिलका कागजात सहित वडा कार्यलयमा  २०७६ चैत ३० गते सम्म सम्पर्क गर्नुहुन् सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

तपशिल

  • नागरिकताको फोटोकपी १ प्रति
  • पासपोर्ट साइजको फोटो १ प्रति
  • जन्मदर्ताको प्रतिलिपि
  • बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
तपाइँको प्रतिक्रिया ।