नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ्ग “ए” टिम राष्टिय च्याम्पीयन
कपन अनलाइन
काठमाडौं, फागुन २३। नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ्ग “ए” चौथो राष्ट्रिय र्याफ्टिङ
प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ ।
आठौं पर्वतिय खेलकुद महोत्सव अन्तरगत नेपाल र्याफ्टिङएण्ड क्यानोईङ्ग संघको आयोजना तथा सिन्धु पर्यटन ब्यवसायी संघको सहयोगमा सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ्ग “ए” प्रथम भएको प्रतियोगिता संयोजक एवं संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।
तीन दिन सम्म संचालीत प्रतियोगीतामा क्याप्टेन सुरज गुरुङ्ग, खेलाडीहरु सविन गुरुङ्ग, दिपेश गुरुङ्ग, शक्ति गुरुङ्ग र रविल मिया सम्मिलित नेपाल राफ्ट एण्ड कायक क्लब फीस्लीड “ए” टिमले स्प्रिन्टमा प्रथम भई १०० अंक, हेड टु हेड विधामा प्रथम भई २०० अंक, स्लालम विधामा प्रथम भई ३५० अंक तथा डाउन रिभर रेश विधामा तेश्रो भई ३०१ अंक ल्याई कुल ९५१ अंकका साथ प्रथम स्थान हात पारेको हो ।
प्रतियोगीतामा काठमाण्डौको नेपाल कायक क्लब स्प्रिन्ट र हेड टु हेड विधामा दोश्रो, स्लालम विधामा चौथो तथा डाउन रिभर रेश विधामा पहीलो भई क्रमशः ९२, १८४, २८७ तथा ३५० अंंक गरि कुल ९१३ अंंकका साथ दोश्रो भयो । कुल ८७६ अंक प्राप्त गरेको कास्किको प्याडल नेपाल टिम तेश्रो भयो ।
टिममा ५ खेलाडी रहने राप्mीटड खेलमा प्रथम हुने नेपाल राफ्ट एण्ड कायक क्लब फीस्लीड ए टिम ले नगद रु ४०,०००, दोश्रो हुने नेपाल कायक क्लबले रु २५,०००, तथा तेश्रो हुने प्याडल नेपाल टिमले रु १५,००० तथा पदक प्राप्त गरे ।
यस्तै संघद्वारा आयोजना गरिएको आठौं राष्टिय कायक स्लालम प्रतियोगीतामा चितवनका मोहन रानाले ११४.१० अंकका साथ प्रथम भए । रानाले नगद १५,००० तथा पदक प्राप्त गरे । दोश्रो भएका उदयपुरका डम्बर बहादुर पुर्वाछानेले ११९.६७ अंक प्राप्त गरे । उनले नगद १०,००० तथा पदक प्राप्त गरे । तेश्रो स्थानमा धादिडका रन्जन कडेल रहे । उनले १२१.५२ अंक प्राप्त गरे । कँडेलले नगद ५,००० तथा पदक प्राप्त गरे । आठौं राष्टिय कायक स्लालम प्रतियोगीतामा ३० खेलाडी ले प्रतिस्पर्धा गरेका थिए ।