बुढानिलकण्ठ नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न 

बुढानिलकण्ठ नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न 

कपन अनलाइन

काठमाडौं ,फागुन १७।

बुढानिलकण्ठ नगरपालिकाको पाँचौ नगर सभा सम्पन्न  भएको छ ।बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको अध्यक्षतामा नगर पालिका भवनमा शुरु भएको नगर सभामा उप प्रमुख रमा राईले चौथो नगरसभा मार्फत पारित गरिएका योजना तथा कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरेको सभामा प्रमुख प्रशासकीय अधिकृत नारायण रिसालले स्वागत मन्तव्य राखेका थिए ।

सो सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उप प्रमुख राइले २०७६ माघ मसान्त सम्म कुल ८७ करोड ८६ लाख ९८ हजार ५ सय ४१ आम्दानी र ३१ करोड ८४ लाख ४२ हजार ४ सय ६७ रुपैया खर्च भएको रहेको जानकारी गराएकी थिइन् ।

बुढानिलकण्ठ नगरपालिकाको पाचौ नगर सभामा स्थानीय पूर्वाधार विकास कार्यक्रममा २२ योजना स्वीकृत भएकोमा ९ योजना निर्माणको चरणमा रहेको र १३ योजना सम्झौताको चरणमा रहेको जानकारी दिइएको थियो  ।

उक्त नगर सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा १० मिटर सडक कालोपत्रे ,१५०७ मिटर  आर सिसि ढलान , १३९३ मिटर ढुंगा छाप्ने काम भएको उल्लेख गरिएको छ भने २७०५ मध्ये २१२६ जनाले भूकम्प पिडितको सम्झौता गरेको जानकारी गराइएको छ  ।

त्यस्तै न्यायिक समितिमा पौष मसान्त सम्म ७१ मुद्दा दर्ता भएको र २० वटा मिलापत्र  नगरमै फैसला गरिएको १० वटा ,अदालत पठाएको  ८ वटा र विचारधीन ३३ वटा मुद्दा रहेको जानकारी गराइएको थियो  ।

 

 

तपाइँको प्रतिक्रिया ।