मेलम्ची खानेपानी आयोजना सरोकार तथा सहजीकरण समिति गठन
कपन अनलाइन
काठमाडौं ,माघ २८।
बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा संचालन भैरहेको मेलम्ची खानेपानी विस्तार आयोजनाको प्रभावकारी र व्यवस्थित संचालनका लागि आवश्यक सम्पर्क, समन्वय तथा सहजीकरण गर्न नगरपालिकाको तर्फबाट शान्तिराम ढुंगानाको संयोजकत्वमा १५ सदस्यीय “मेलम्ची खानेपानी आयोजना सरोकार तथा सहजीकरण समिति” गठन गरिएको छ ।
मेलम्ची खानेपानी परियोजना संचालन हुने नगरपालिका भित्रका वडा नं. ८, ९, १०, ११, १२ र १३ का वडाअध्यक्ष पदेन सदस्य रहनेगरी गठित समितिमा विभिन्न वर्ग र क्षेत्रको प्रतिनिधित्व गराईएको नगरपालिकाले जानकारी दिएको छ ।
समितिले आयोजना संचालनको क्रममा स्थानीयबाट हुनसक्ने अवरोध र गुनासोलाई सम्बोधन गर्ने छ भने तोकिएको समयावधि भित्र सम्पन्न गराउन ठेकेदारलाई समेत दबाब र सहयोग गर्ने समितिका एक सदस्यले जानकारी दिएका छन ।
मेलम्ची खानेपानी आयोजना सरोकार तथा सहजीकरण समिति
संयोजक : शान्तिराम ढुंगाना
सदस्य : ध्रुवप्रसाद घिमिरे
सदस्य : देवी रेग्मी
सदस्य : शिव प्रसाद बजगाईं
सदस्य : मधु अधिकारी
सदस्य : संगीता पन्त
सदस्य : देवराज केसी
सदस्य : जीत बहादुर तामाङ
सदस्य : तारा देवान
सदस्य : सुमन तामाङ, वडाध्यक्ष, बूनपा–८
सदस्य : राजेन्द्रप्रसाद सापकोटा, वडाध्यक्ष, बूनपा–९
सदस्य : नवराज भट्टराई, वडाध्यक्ष, बूनपा–१०
सदस्य : राजु अधिकारी, वडाध्यक्ष, बूनपा–११
सदस्य : शम्भुप्रसाद भट्टराई, वडाध्यक्ष, बूनपा–१२
सदस्य : श्रीकृष्ण श्रेष्ठ, वडाध्यक्ष, बूनपा–१३
सो अवसरमा नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, उप–प्रमुख रमादेवी राई, सल्लाहकार समितिका प्रमुख सुन्दर पुर्कुटी, अर्जुन पाण्डे लगायतको उपस्थिति रहेको थियो।
नवगठित समितिका संयोजक शान्तिराम ढुंगानाले भने, “नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा पारिएको योजनालाई समयमै सम्पन्न गराउन आवश्यक दवाव र सहयोग गर्ने जानकारी दिएका छन।