दोस्रो संस्करणको लिबर्टी कप सेभन ए साइड छात्र /छात्रा फुटबल प्रतियोगितामा भेनस, गोकर्णेश्वर लाइट र नेपालय फाइनलमा प्रवेश
कपन अनलाइन
काठमाडौँ, माघ २७। दोस्रो सँस्करणको लिबर्टी कप सेभेन ए साइड छात्र/ छात्रा फुटबल प्रतियोगितामा छात्रा तर्फको उपाधिका लागी नेपालय र गोकर्णेश्वर लाइट एकेडेमी भिड्ने भएका छन् ।
गोकर्णेश्वर नगरपालिका अत्तरखेल शिवपुरी चोक स्थित खेल मैदानमा आज सम्पन्न सेमिफाइनलमा आयोजक लिबर्टीलाइ ३-० गोलले पराजित गरि नेपालयले फाइनलको यात्रा तय गरेको हो ।
त्यसै गरिजीवन तारालाई पेनाल्टी सुटआउट मा १-० गोलले पराजित गर्दै गोकर्णेश्वर लाइट एकेडेमीले आफुलाई फाइनलको सशक्त दाबेदारको रुपमा प्रस्तुत गरेको छ। क्वाटर फाइनलमा नेपालयले अरुणोदय लाइ र जीवन ताराले छहारी लाइ पाखा लगाई आफुलाई सेमिफाइनलमा पुर्याएको थियो ।
यसै गरि छात्र तर्फको खेलमा आयोजक लिबर्टीलाइ १-० गोल अन्तरले हराउदै भेनस पब्लिक स्कुलले फाइनलको यात्रा तय गरेको छ । भेनस पब्लिक स्कुलले भोलि हुने जीवन तारा र नेपालय बिचको सेफिफाइनलको बिजेता संग उपाधीको लागी भिड्ने भएको छ ।आजै सम्पन्न छात्र तर्फको अन्य खेलमा जीवन ताराले श्री यन्त्रलाई ३-१ ले, इनसाइट भिजनले कान्ति भैरबलाई पेनाल्टी सुटआउट मार्फत ५-४ ले, लिबर्टीले सहयोगीलाई १-० ले, नेपालयले इनसाइट भिजनलाइ १-० ले र जीवन ताराले समतालाई पेनाल्टी सुटआउट मा ३-२ ले पराजित गरेका थिए ।
प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ द म्याच घोसित गरिएको थियो। उनीहरुलाई लिबर्टी स्कुलका प्रन्सिपल ओम ढकाल, गोकर्णेश्वर लाइट एकेडमीका प्रिन्सिपल सौर्य नाथ आचार्य अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा कार्यक्रम संयोजक तथा अत्तरखेल युवा समाजका सचिब दिनेश राइ जिवनतारा स्कुलका भाइस प्रिन्सिपल नवराज सापकोटा लगायतले म्यान अफ द म्याचको मेडल प्रदान गरेका थिए ।
अत्तरखेल युवा समाजले संयोजन गरेको सो प्रतियोगितामा संस्थागत तथा सामुदायिक गरि ३५ वटा बिद्यालयको छात्र तर्फ २७ र छात्रा तर्फ १४ टिमको सहभागिता रहेको छ।प्रतियोगितामा प्रथम द्वितीय र तृतिय हुनेले क्रमश नगद २० , १० र ५ हजार का साथै ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।
खेल अबधी भर छात्र तथा छात्रा तर्फ बेस्ट प्लेयर , बेस्ट किपर र हाइ स्कोरर लाइ पनि ट्रफी तथा प्रमाणपत्र को ब्यबस्था गरिएको छ भने प्रतियोगिताको अन्तिम खेल माघ २८ गते हुने आयोजक संस्थाका प्रिन्सिपल ओम प्रसाद ढकालले जानकारी गराए ।
फोटो :सरोज बस्नेत