रामहरी खतिवडाले लाश माथि राजनीति गरेको नेकपा चम्पादेवीको आरोप
कपन अनलाइन
काठमाडौं ,माघ १६।
नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले लाश माथि राजनीति गरेको नेपाल कम्युनिस्ट पार्टी चम्पादेवी ओखलढुंगाले आरोप लगाएको छ।
चम्पादेवी गाउँ पालिका वडा नं ५ मा भएको दुर्घटनामा घाइते भएका हरुको उद्दारका लागि खतिवडाले हेलिकप्टर व्यवस्थापन गरेको समाचार विभिन्न संचार माध्यममा आए संगै नेकपा चम्पादेवीले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै संचार माध्यमलाई पनि बतासे भनेर आरोप लगाइएको छ भने उक्त हेलिकप्टर खर्च पिडित आफैले बेहोरेको उल्लेख गरिएको छ ।
सो दुर्घटना परेर ओखलढुंगा जिल्लाका पुराना कम्युनिस्ट नेता सन्तोष विकको मृत्यु भएको थियो भने अन्य घाइते भएका थिए ।
कहिले वडा अध्यक्ष विच कुटपिट ,कहिले कर्मचारी माथि कुटपिट त् कहिले मुद्दा मामिलाका कारण बदनाम हुदै आएको चम्पादेवीमा यस हेलिकप्टर काण्डले निकै ठुलो हलचल ल्याएको एक स्थानीयले बताए ।