सांसदले सत्यनारायणको पुजामा धाउने हैन विकास ल्याउने हो: नेता बालकृष्ण ढुङेल

सांसदले सत्यनारायणको पुजामा धाउने हैन विकास ल्याउने हो: नेता बालकृष्ण ढुङेल

कपन अनलाइन

काठमाडौं , माघ १४।

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा ओखलढुंगा जिल्लाका पुर्व सभासद बालकृष्ण ढुङेलले जनता बाट निर्वाचित जनप्रतिनिधिले सत्यनारायणको पुजामा धाउने नभई जिल्लामा विकास ल्याउनुपर्ने बताएका छ्न।

नेकपा ओखलढुंगा – काठमाडौं सम्पर्क मंचले काठमाडौंमा प्रदेश -१ का भौतिक योजना तथा पुर्वाधार विकास राज्यमन्त्री अम्बिर बाबु गुरुङको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता ढुङेलले ओखलढुंगा जिल्लाको विकासमा मेरुदण्डको भुमिका खेल्ने मोलुङ ,दुधकोशी र लिखू कोरीडोर सबै निर्वाचीत सांसदहरुको प्राथमिकतामा पर्नुपर्ने बताउदै ढुंगेलले खाली आफ्नो आगन र गाऊँ घेर्ने विकासको परिपाटी परिवर्तन हुनूपर्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।