सन्दर्भ पृथ्वीजयन्ती !

सन्दर्भ पृथ्वीजयन्ती !

कपन अनलाइन

काठमाडौँ,माघ ३/पवनकुमार बुढाथोकी/कविता

नेपालमाएकताको बीउ रोप्ने
चराको माउले आफ्नाबच्चालाई
पखेटाले छोपेझैँ गरि, नेपालीभावनालाई छोप्ने
तिमीहौ पृथ्वी !

यस्तै छ, चिन्दैनन् कोहीकोही
अरुको मानो पचाउँन
भुस्याहाहरु ‘गु’ र ‘गोबर’ नचिनेर
काङ्लाङ्गकुङ्ग्लुङ्ग कराँउछन्
तिमीलाई हृदयदेखि चिन्ने
सपुतहरुको खप्कीखाए पछि
पानीको फोकाबिलाएझैँ, हराउँदछन् !

अझै पनि दुष्टहरुको बिगबिगी त छँदैछ
तिम्राजिउमा गिद्दे नजर लगाउछन्
चिन्ता चै नगर
सराप्ने भन्दाप्रशंसा गर्ने धेरै छन
विचार र जुक्ति रुपि लाठोले
हानीहानीहामीतिनलाई भगाउँछौ !

गिद्दे दृष्टि लगाउनपल्केकाब्वाँसा र स्यालहरुले
हेरू न्, कतिन्जेल ?
हात्तिलाइनाङ्लो ठटाएर धपाउनखोजेझैँ
विश्वभर नै हल्लाको बिगुल फुक्दछ्न्
नेपालीपवित्रआत्मा
कमजोर होलाकिभनि ढुक्दछन !
ढुक्क होऊँ
नहच्किउँ न झस्किउँ
देशप्रेमी नेपालीहरू
पृथ्वीले बुनेको सुन्दर नेपालको बगैचामा
राम्राआकर्षक र सुन्दर फूल
खोजीखोजी रोप्दछौ !

तिम्रो नेतृत्वमावीर नेपालीले सारेको
राष्ट्रियताको बीउ, प्रत्येक नेपालीको मन मस्तिष्कमा
अझै दरो हुने गरि छोड्दछौ !
चार जात छत्तीस वर्णको फूलबारी
मन लगाएर गोडदछौ !

कतै कोहिसँगनमिल्ने
एक आपसा फुट ल्याउने नाभो देखापरे
परचक्रीको भाषाबोल्ने
उनिहरूले नै देको बीस रोप्ने
छदमभेषीहरू देखापरे
जरा समेत नरहने गरि फ्याल्दछौ !
नेपालको सौन्दर्यताको
सुरक्षाको लागिनवजवानहरू छान्दछौ
तिमिले विश्वमानचित्रमाकमाएको
इज्जत र प्रतिष्ठा, जस्तोसुकै त्याग गरेर पनि धान्दछौ !

भाईभाई फुटाएर परचक्रीबलियो बनाउने
बानी परेका बिभिषणहरूलाई, अन्तै कतै लखेट्दछौ
एकताको भावना भाँडनेलाई
डाँडै कटाउन परे पनि कटाउछौँ
तिमिले बनाएको नेपालको प्राणलाइ
अझै हृस्टपुस्ट हुने गरी बचाउछौ !

कोहि कसैले नेपालमाथिधावाबोले
कुसल डाक्टर जस्तै, नेतृत्वजन्माइजन्माइकन
क्यान्सर रोग फालेझै
शल्यक्रिया गरेर भएपनि फाल्दछौ !
हिमाल, पहाड, तराइ, कोहीनपारेर पराई
हिमालको जस्तो उच्चशिर
सबै नेपालीको बनाउदछौ !

तिमीले श्रृजना गरेको मनोरम फूलबारीमा
हामी सबै नेपालीदिलखोलेर रमाउँछौ !
तिमीले बनाएको नेपाललाई
अझबलियो स्थिर र गतिशील
सबै स्वाभिमानी नेपालीमिलि बनाउँदछौ !

तपाइँको प्रतिक्रिया ।