सुवास मैनालीको १६ औं स्मृति दिवसमा “शहिदको योगदान र वर्तमान समय” विषयक कविता प्रतियोगिता कार्यक्रम सम्पन्न

 सुवास मैनालीको १६ औं स्मृति दिवसमा “शहिदको योगदान र वर्तमान समय” विषयक कविता प्रतियोगिता कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,पुस २२। सुवास मैनालीको १६ औं स्मृति दिवसमा “शहिदको योगदान र वर्तमान समय” विषयक कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
शहिद र वेपत्ता स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको सामुदायिक विद्यालय स्तरिय प्रतियोगितामा जनकल्याण माविका मनिष मगरले प्रथम स्थान  क्रमशः दोश्रो जन जाग्रिती मावि नवीन पुरी, तेस्रो ग्रामशिक्षा मन्दिर मावि उषा दाहाल र सात्वना चामुन्डा माविबाट कान्छी गमालले हात पार्न सफल भएका थिए ।
७ वटा विद्यालयका १३ जना विद्यार्थीहरुले सहभागिता जनाएका उक्त प्रतियोगितामा  प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मणी थापा थिए भने विशेष अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल रहेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य थापाले कार्यक्रमको सम्बोधन गर्दै जनयुद्ध सफलपार्न ग्रामीण भेगका युवाहरुको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे । उनले भने, विशेष गरी जनयुद्ध सफल पार्न गाउँका गरिव परिवार, आदिवासी र जनजातिको मूख्य भूमिका रहेको थियो यो हामीले बुझ्न आवश्यक छ । जनयुद्धमा शहिदले बोकेका सपना नेकपाको सरकारले साकार पार्न आवश्यक छ । विकृतिको अन्त्य गर्न कला साहित्यको मूख्य भूमिका रहेको भन्दै स्थायी कमिटी सदस्य थापाले भने समाज परिवर्तन गर्न राजनीतिले भन्दा गीत, कविता, कथा, उपन्यासमा के लेखिएको छ ? यसको आधार बलियो हुन्छ । जनतामा साहित्यले गहन भूमिका खेल्छ ।
उक्त कार्यक्रममा विशेष अतिथि  बुनपा  प्रमुख उद्धव खरेलले समग्र देशको विकासका निम्ती शहिदले बोकेका सपना साकार पार्न आवश्यक रहेको बताए ।  सुवास मैनालीका दिदी रिता थपलियाले १० वर्षे जनयुद्धले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै शदिका सपनाहरु नेकपाको बर्तमान सरकारले साकार पार्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
तपाइँको प्रतिक्रिया ।