डा.राजन भट्टराईले डुवान पिडित संग गरेको बाचा पुरा गरे

डा.राजन भट्टराईले डुवान पिडित संग गरेको बाचा पुरा गरे

कपन अनलाइन 

काठमाडौं,पौष १२।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लहाकार डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ गुरुङ टोलका जनता संग गरेको वाचा पुरा गरेका छन ।

वर्षा याममा डुवानको  गम्भीर समस्या बाट प्रभावित सो क्षेत्रका स्थानीय जनताले केहि समय अगाडी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को कार्यक्रममा पुगेर गुनासो र पिडा पोखे पश्चात त्यसको भोलि पल्ट नै डा. भट्टराईले सम्बन्धित कार्यालयका प्रमुख सहित उक्त क्षेत्रको अवलोकन गरेका थिए ।

धेरै नेता आउने ,कुरा सुन्ने ,फोटो खिचाउने र हराउने चलन संग अभ्यस्त बनेका सो क्षेत्रका जनताले उक्त अवलोकनलाई पनि सोहि रुपमा बुझेको तर डा. भट्टराईले त्यसो नगर्दा खुसि लागेको एक स्थानीयले बताए ।

सो क्षेत्रको डुवान समस्या समधानका लागि संघीय सरकार बाट बजेट बिनियोजन भएर टेन्डर समेत भए पछी स्थानीयको माझमा पुगेका डा . भट्टराईले कपन क्षेत्रको डुवान समस्या संग आफु पूर्ण जानकार रहेको र त्यसको पहल आफुले २०७२ बाटै शुरु गरेर साततले आनिगुम्बा ढल व्यवस्थापनका पहल गरेको स्मरण गरेका थिए ।

उक्त क्षेत्रको डुवान समस्या समाधानका लागि आयोजना गरिएको छलफल तथा सरोकार समिति गठनमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा १२ का अध्यक्ष शम्भु भट्टराई ,वडा १० का कार्यबाहक अध्यक्ष चन्द्रमान श्रेष्ठ विभिन्न वडाका सदस्यहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।