कपन क्याम्पसको कमजोरीमा टेकेर कपनकी इन्स्पेक्टरको जनप्रतिनिधि विरुद्ध “पब्लिसिटी स्टन्ट”
कपन अनलाइन
काठमाडौं ,पौष १२।
बुढानिलकण्ठ नगरपालिकाका महत्वपूर्ण वडाहरुको सुरक्षाको जिम्मा लिएकी कपन प्रहरी प्रभागकी निरीक्षक सुरक्षा केसी अहिले कपन क्याम्पसको कमजोरीमा टेकेर जनप्रतिनिधि विरूद गरिएको पब्लिसिटी स्टन्टका कारण चर्चामा रहेकी छन ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको एउटा शैक्षिक संस्था जसको निर्माण स्थलमा निस्किएको बालुवा र अन्य निर्माण सामग्री बेचबिखन र प्रयोगको विषयलाई लिएर जनप्रतिनिधिको मानमर्दन गर्ने प्रयास भए संग सो प्रसंग संग प्रहरी निरीक्षक केसी जोडिएकी हुन् ।
विभिन्न संचार माध्यममा निरीक्षक केसीको फोटो सहित अतिसयोक्तिपूर्ण प्रचारवाजी भए संगै यस विषयले अहिले नगरपालिका भरि चर्चा कमाएको छ भने क्याम्पस व्यवस्थापन समितिका कमजोरीहरु पनि एक पछी अर्को गर्दै खुल्दै आएका छन ।
बुढानिलकण्ठ नगरपालिका ,प्रदेस सरकार र संघीय सरकार बाट समेत नविन प्रविधि र शशक्त शैक्षीक संस्था निर्माणको योजना देखाउदै ठुलो बजेट पार्न सफल बनेको सो क्याम्पसले रकम नपुगेको भन्दै भवन निर्माण स्थल अगाडिको सडक खनेर बालुवा बेचे संगै पछिल्लो प्रकरण शुरु भएको थियो।
सो स्थान बाट बालुवा निकालेर ढुवानी गर्ने ट्रक प्रहरीले समाते पछी शुरु भएको क्याम्पस र प्रहरी विचको प्रतिष्ठाको लडाई अन्तिममा जनप्रतिनिधिको सम्मान र प्रतिष्ठाको क्षेयिकरण तर्फ केन्द्रित भएको थियो ।
यो प्रतिष्ठाको लडाई संचार माध्यम संग पुगे संगै आफ्नो सरुवा गराउन केहि व्यक्ति लागेको भन्ने स्थानीय प्रतिपक्षी र क्याम्पस श्रोत बाट सुनेकी प्रहरी निरीक्षक केसीले यसलाई प्रचार अश्त्र बनाएर प्रसंग मोड्ने प्रयास गरेको एक जनप्रतिनिधि बताउछन।
आर्थिक पारदर्शिता र सार्वजनिक सम्पति प्रयोगमा कसै संग कुनै सम्झौता नगर्ने नगरप्रमुख उद्दव खरेल र पारदर्शितालाइ आफ्नो मुद्दा बनाएका नगर प्रवक्ता जोडेर समाचार प्रसारण गर्दा मुद्दा चर्चित हुने देखेर क्याम्पसले गरेको गल्तीमा जनप्रतिनिधि मुछिएको अर्का जनप्रतिनिधिको धारणा रहेको छ ।
काठमाडौं क्षेत्र नं ४ का लगभग सबै नेता तथा जनप्रतिनिधिलाई भवन निर्माण स्थलमा ल्याएर अवलोकन गराएको क्याम्पस द्वारा जारि गरिएको बिज्ञप्तिमा जनप्रतिनिधिको कुनै भूमिका छैन भनेर नलेखिएकोमा यसले विभिन्न प्रश्न जन्माएको ति जनप्रतिनिधिको भनाइ रहेको छ ।
कपन प्रहरी प्रभागको प्रमुख भए पश्चात खासै स्थानीय जनप्रतिनिधि संग समन्वय गरेर काम गर्न इच्छा नदेखाएकी निरीक्षक केसीले कसरि सरुवामा केहि व्यक्ति लागेको गम्भीर र गोप्य सुचना प्राप्त गरिन त्यो भने खोजमुलक बिषय रहेको छ ।
त्यस्तै क्याम्पस व्यवस्थापन समिति माथि सार्वजनिक रुपमा प्रश्न उठेपछि अव सम्पूर्ण आर्थिक गतिविधि र सार्वजनिक सम्पत्ति प्रयोगको अवस्था सार्वजनिक गर्नुपर्ने अवस्थामा पुगेको छ भने यसका लागि सरोकारवाला पक्षले दवाव दिनुपर्ने देखिन्छ ।