लायन्स क्लब अफ काठमाडौं राइजिंग सन सहितका क्लबले डिजी सर्भिस सप्ताहको अवसरमा रक्तदान सहितका कार्यक्रम सम्पन्न गर्यो

लायन्स क्लब अफ काठमाडौं राइजिंग सन सहितका क्लबले डिजी सर्भिस सप्ताहको अवसरमा  रक्तदान सहितका कार्यक्रम सम्पन्न गर्यो

कपन अनलाइन

काठमाडौं मंगसिर २४ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं  राइजिंग सनले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार नेपाल रेड क्रस सोसाईटीको प्राबिधिक सहयोगमा लायन्स क्लब अफ काठमाडौं राइजिंग सन्  सहित लायन्स क्लब अफ काठमाडौं पन्चशिल ,लायन्स क्लब अफ काठमाडौं गुप्ती गणेश र  लायन्स क्लब अफ  सुन्दरीजलले संयुक्त रुपमा मंगसिर २१ गते शनिबार  गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल नयाँपाटीमा  बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बिहान ९ बजे देखि अपरान्ह २ बजे सम्म चलेको  उक्त रक्तदान कार्यक्रममा ४५ जनाले  रक्तदान गरेको कार्यक्रमका संयोजक एबम   लायन्स क्लब अफ काठमाडौं  राइजिंग सनका उमेश ढुंगानाले कपन अनलाइनलाइ बताए।२०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार त्यसै अनुरुप लायन्स क्लब अफ काठमाडौं  राइजिंग सन् सहित लायन्स क्लब अफ काठमाडौं पन्चशिल ,लायन्स क्लब अफ काठमाडौं गुप्ती गणेश र  लायन्स क्लब अफ  सुन्दरीजलले संयुक्त रुपमा बिबिध सामाजीक तथा मानवीय कार्य  गरेका छन् ।

जस अनुसार  राम जानकी आधारभूत बिद्यालयमा शैक्षिक सामग्री वितरण गर्नुको साथै दिवा खाजा कार्यक्रम, सहिद पार्क गोकर्णमा बिरुवा गोडमेल कार्यक्रम  देबी बालसुधार माध्यमिक बिद्यालय  सुन्ताखानमा  स्वास्थ्य शिबिरका साथै क्यान्सर रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको थियो ।

 

त्यसैगरी ,भगवती चोकमा असाहयलाइ जाडोको लागि न्यानो कपडा अन्तर्गत ब्ल्यांकेट वितरण, स्वस्थ समाज सस्थामा आश्रय लिइरहेका बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई खाद्यान्न सहयोग , भिमदेब आधारभुत बिद्यालयमा आँखा परिक्षणका साथै स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रमको साथै  नयापाटीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको लायन्स क्लब अफ काठमाडौं राइजिंग सनका लायन द्वारिका श्रेष्ठले जानकारी गराए।

लायन्स क्लब विश्वमा नै सामाजिक कार्यको लागि अग्रणी स्थानमा रहेको र नेपालमा पनि लायन्स क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको र सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं  राइजिंग सन लगायतले  सक्रिय भूमिका खेल्दै आएको छ  ।

तपाइँको प्रतिक्रिया ।