लायन्स क्लब अफ काठमाडौं अल्पाइन,दर्पण सहितका क्लब द्वारा बिभिन्न सामाजिक र मानवीय सेवा प्रदान
कपन अनलाइन
काठमाडौँ,मंगसिर २२ । नेपाली लायन्सवादको इतिहासमा नेपालका लायन्सहरूले अनगिन्ती सामाजीक कार्य अझ भनौ मानव सेवामा आ – आफ्नो तवर वा गच्छे अनुसार सेवा गरिरहेका छन । बिगत २ बर्ष अघि लायन्स बर्ष २०१८ /१९ मल्टीपल ३२५ , डिष्टि्क ३२५ ए१ का डिस्ट्रिक्ट गभर्नर लायन अनन्त भेटुवालले संसार भरिका लायन्सका मानवसेवामा समर्पित संस्थाहरूलाई पछि पार्दै नेपालको लाईनिजममा सेवालाई संसारको नम्वर एकमा स्थापित गराएका थिए ।
उनले गत बर्ष देखि थालेको “New voice ” जस्तै कार्यक्रमलाइ निरन्तरता दिदै 2019/20 का डिस्ट्रिक गभर्नर लायन ईन्द खत्री “राजन” ले यो साता (Dec १ देखि -७ ) लाई डिस्ट्रिक गभर्नर सर्भिस सप्ताहको रुपमा ७ दिन बिभिन्न सामाजिक कार्य गर्न आवहान गरे अनुरुप डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका का लायन्स क्लब हरूले बिभिन्न सामाजिक र मानविय कार्य गरि डिजी सर्भिस सप्ताह मनाएका छन । यसै सन्दर्भमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ मा सामाजिक र मानवीय कार्य गर्दै काठमाडौंका बिभिन्न लायन्स क्लब मध्ये ए वान हुन कोसिस गरिरहेको लायन्स क्लब अफ काठमाडौं अल्पाइन लायन्स क्लब अफ काठमाडौं दर्पण लगायतको क्लबहरु संगको सहकार्यमा सात दिन बिभिन्न सामाजिक र मानवीय सेवाका कार्यहरु गरेको छ ।
जस मध्ये साप्ताहिक कार्यक्रमको चौथो दिन ज्ञानेश्वर स्थित ज्ञानेश्वर आधारभूत बिध्यालयमा लुभु आइ केयरको प्राबिधिक सहयोगमा आँखा परिक्षण गरिएको थियो। जसमा ९० जना बिद्यार्थी शिक्षक शिक्षिका र स्थानीयहरु गरि करिब ११५जनाको निशुल्क आँखा परिक्षण गरिएको थियो ।जसमा २० जनाको आँखाको समस्या देखिएको हुदा औषधी समेत निशुल्क वितरण गरिएको थियो ।सो कार्यमा लायन्स क्लब अफ काठमाडौं दर्पण, लायन्स क्लब अफ काठमाडौं स्काई लिमिट, तथा काठमाडौं महानगरपालिका वडा नं ३०को सक्रिय सहभागिता रहेको थियो भने लायन्स क्लब अफ काठमाडौं अल्पाइनका प्रेसिडेन्ट धुर्व तारा पोखरेलले कपन अनलाइनलाइ बताए।
साथै उनले डिजी सर्भिस सप्ताहको पहिलो दिन मातातिर्थ बृद्धाश्रमका असहाय आमाहरूलाई खाना खुवाउने कार्यक्रम गरिएको त्यसै गरि ,दोस्रो दिन चोभार स्थित हेल्पलेस चिल्ड्रेन होमका अनाथ बिद्यार्थीहरूलाई स्टेशनरी वितरण , तेस्रो दिन लोलांगहाईट अवस्थित दृष्टबिहिन बिद्यार्थीहरूलाई ब्रेल सिट तथा खाद्यान्न वितरण गरिएको र पाचौं दिन मधुमेह परिक्षण छैठो दिन क्यान्सर जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
त्यसै गरि डिजी सर्भिस वीक को अन्तिम दिन डिसेम्बर ७ तारिकको दिन बृहत रक्तदान कार्यक्रम समेत सपन्न गरेको छ । लायन्स क्लब अफ काठमाडौं अल्पाइन लायन्स क्लब अफ काठमाडौं दर्पण लायन्स क्लब अफ काठमाडौं स्काई लिमिट लायन्स क्लब अफ काठमाडौं जेनिथ र लियो क्लब अफ भानुभक्तको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका वडा नं ३० रामचन्द्र बहाल डिल्लीबजारमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए। नेपालमा जारी साग गेमका कारण बाटो अवरुद्द भएका कारण पनि रक्तदान गर्ने इच्छुक ब्यक्तिहरुको स्वास्थ्यको कारण सोचेजति रक्तदान हुन नसकेको लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी (राजन)ले कपन अनलाइनलाइ बताए। उनले पुन चाडैनै फेरी रक्तदान कार्यक्रम आयोजना गर्न लागेको पनि बताए ।
सो रक्तदान कार्यक्रममा Multipel District 325 का GAT लिडर लायन खगेन्द्र सिटौला इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , एरिया चिफलायन शोभा गुरूंग, AOG लायन भगवान वहादुर रावत डिस्ट्रिक का का Chief Old Age service लायन शुरेश डंगोल, एरिया कोर्डिनेटर लायन महेश श्रेष्ठ, जोन चेयर पर्सनलायन मन्दर शिखर वेनर्जी, लायन दल प्रसाद क्षेष्ठ, लायन उमेश श्रेष्ठ, लायन शशी नेपाल, लायन दिपा पौड्याल, लायन दिपा नेपाल, लायन रोशन पन्त, लायन गोपाल धिताल सहभागी क्लब पदाधिकारी एवं वडा अध्यक्ष दल वहादुर कार्की, वडा सदस्य सीता तिवारी, वडा सदस्य मनोज कुमार डंगोलज्यु लगायत मैतिदेवी मन्दिर संरक्षण समितीका राजाराम कपाली, डिल्लिवजार टोल सुधार समितीका अध्यक्ष राजभाई बज्राचार्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई Multipel District ३२५ का GAT लिडर लायन खगेन्द्र सिटौला, इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , एरिया चिफलायन शोभा गुरूंग, लगायतले धन्यबाद सहित रक्तदान गरेकोमा प्रसंशापत्र वितरण गरेका थिए । सोहि दिन लायन्स ब्रान्डीग साप्ताहिक सरसफाई अनतर्गत सोहि क्षेत्रको सरसफाई समेत गरिएको थियो ।