बुढानीलकण्ठ नगरपालिका- ८ मा १६ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, मंसिर २०। बुढानीलकण्ठ नगरपालिका वडा नं- ८ मा १६ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख उद्धव प्रसाद खरेलले स्वयंसेविकाले आफ्नो नगरमा ईमान्दारीपूर्वक महत्वपूर्ण काम गरेर नगरवासीमा ठुलो सहयोग गरेको बताए । नगर प्रमुख खरेलले स्वयंसेविकाहरुलाई यतिमात्र सिप तथा ज्ञानले पुरा नभएको भन्दै विभिन्न स्थानमा अवलोकन भ्रमण समेत गराउने प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यक्रममा बुनपा ८ का वडाध्यक्ष सुमन तमाङले आफ्नो वडामा भएको स्वास्थ्य चौकीको भौतिक संरचना सानो भएका कारण २ कोठा थप गरि व्यवस्थापनमा गुणस्तर सहितको सुधार गर्ने बताए ।
उक्त कार्यक्रममा बूनपा उप–प्रमुख रमा राई, बुनपा स्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहाल, बुनपा नर्सिङ निरीक्षक तुलसा अधिकारी माहांकाल स्वास्थ्य चौकी कार्यक्षेत्र भित्रका स्वयंसेविका लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।