जनतासँग गरेको वाचा पूरा गर्दै प्रदेश सभा सदस्य रामेश्वर फुयाँल
कपन अनलाइन
काठमाडौं, मंसिर १५। काठमाडौँ क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रका प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभिरका जनतासँग गरेको बाचा पूरा गरेका छन्।
२०७० सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपश्चात उनले सो क्षेत्रमा सवारी आवागमन हुने गरी आयातको व्यवस्था गर्न सडक निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। सांसद फुयालले प्रतिबद्धता व्यक्त गरे पनि धेरै जनाले सो कुरा पत्याएका थिएनन् किनकी गोकर्णेश्वर नगरपालिकाको अत्यन्त विकट स्थानमा रहेको तारेभीर क्षेत्रमा सो समयमा सामान्य सडकसमेत पुगेको थिएन।
धार्मिक क्षेत्रको आर्थिक स्थिति सुधार गर्न तथा त्यहाँको सामाजिक स्थितिलाई प्रवर्धन गर्नका लागि हरेक वर्षमा माघ १ गते तारेभिर पर्यटन महोत्सवको सुरुवात गरेका फुयालले सो स्थानमा पुग्ने बाटो निर्माणलाई विशेष प्राथमिकता दिएका थिए र पटक पटक आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्दै आएका थिए। अहिले सो क्षेत्रमा जाने सडक कालोपत्रेको काम धमाधम भइरहेको छ भने आगामी माघ एक गते हुने तारेभिर पर्यटन महोत्सव सम्म सो क्षेत्रमा यातायात पुग्ने गरि बाटो निर्माण तथा मर्मतको काम अगाडि बढेको सांसद फुयाँलले जानकारी गराएका छन्।
काठमाडौँ उपत्यकाका विभिन्न पर्बत शृङ्खला हरुमा महोत्सव तथा उत्सवहरूको सुरुवात गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। फुयाँलले कवाड संकलन गरेर सम्पदा निर्माण गर्ने अभियान पनि सँगसँगै चलाएका छन्।