बुढानिलकण्ठ नगरपालिकाको संचार सल्लाहाकारमा आशिष गुरागाईको चर्चा

बुढानिलकण्ठ नगरपालिकाको संचार सल्लाहाकारमा आशिष गुरागाईको चर्चा

कपन अनलाइन

काठमाडौं ,मंसिर ४।

बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा वडा -१० का अध्यक्ष नवराज भट्टराई चयन भए संगै अहिले नगरपालिकामा संचार सल्लाहकार नियुक्तिको चर्चा चल्न थालेको छ।

नगरपालिकाले गरेका राम्रा र प्रभावकारी कामहरुको प्रचार पर्याप्त मात्रामा हुन नसकेको चर्चा ब्याप्त बने संगै प्रवक्तालाई नितिगत र प्राविधिक सहयोग गर्नका लागि संचार सल्लाहकार नियुक्त गर्ने तयारीमा नगरपालिका रहेको नगर प्रमुख निकट श्रोतले बताएको छ।

बुढानिलकण्ठ नगरपालिकाले विभिन्न क्षेत्र समेटेर १० जना सल्लाहकार बनाउदा संचार क्षेत्रलाई समेटेको थिएन । त्यस पश्चात् संचार क्षेत्रलाई उपेक्षा गरेको गुनासो बढे पछि नगर प्रमुख खरेलले यस विषयमा छलफल शुरु गरेको श्रोतले जानकारी दिएको छ। नगर प्रमुखले छलफल शुरु गरे संगै संचार सल्लाहकार हुने ब्यक्तिहरुका वारेमा पनि चर्चा शुरु भएको छ जसको अग्रपंक्तिमा कपन अनलाइनका संस्थापक अध्यक्ष तथा काठमाडौं खबरका वर्तमान अध्यक्ष आशिष गुरागाइ देखिएका छन ।

तत्कालीन नेकपा एमाले कपन गाउँ कमिटीका प्रचार विभाग प्रमुख रहेका गुरागाई प्रेस चौतारी अनलाइन प्रतिस्ठान शाखाका संस्थापक अध्यक्ष समेत हुन।

बुढानिलकण्ठ नगर प्रवक्ता नवराज भट्टराईका निकट मित्र रहेका उनको नगर सल्लाहकार सुन्दर पुर्कुटि संग सुमधुर सम्बन्ध रहेको जानकारहरु बताउँछन।

स्थानीय तहको निर्वाचनमा प्रचार समितिको सह संयोजकका रूपमा नगर प्रमुख उद्दव खरेलको प्रचार कमान्ड सम्हालेका गुरागाइ संसदीय निर्वाचनमा प्रदेश सभा सदस्य कुसुम कुमार कार्कीको प्रेस संयोजक रहेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाको पहिलो संचार माध्यम कपन अनलाइनका संस्थापक अध्यक्ष गुरागाइले तत्कालीन नेकपा एमालेको मुखपत्रको अनलाइन संस्करण रातो सुर्यका प्राविधिक सम्पादक रहेर जिम्मेवारी बहन गरेका थिए ।

उनी संगै संचार सल्लाहकारमा नेपाल पत्रकार महासंघ उपत्यका सचिव बिष्णु आचार्य, बिएसजि न्युजका बिकास लामा र परिवर्तन खबरका धुर्व घिमिरे लगायतका वारेमा पनि छलफल चलेको नगरपालिका का एक सल्लाहकारले कपन अनलाइनलाई बताएका छन।

तपाइँको प्रतिक्रिया ।