एल.आर.आई. स्कूल ८ औं अन्तर विद्यालय स्पोर्टस फेस्ट सम्पन्न

एल.आर.आई. स्कूल ८ औं अन्तर विद्यालय स्पोर्टस फेस्ट सम्पन्न

कपनअनलाइन

काठमाडौं,मंसिर । एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट बास्केटबल प्रतियोगिताको छात्र तर्फको उपाधी टि.आई. ए. स्कूलले जितेको छ । एल.आर.आई. स्कूलको खेल मैदानमा खेलिएको फालाईनल खेलमा टि.आई. ए. स्कुलले रेडियन्टलाई ४७।४१   स्कोरले पराजित गर्दै उपाधी जितेको हो । टि.आ.ए.ले रेडियन्टलाई झिनो अन्तरले पराजित गर्न सफल भएको हो ।
त्यस्तै छात्रा तर्फको उपाधी  एल.आर.आई. स्कुलले जितेको छ । फाईनलमा एल.आर.आई. स्कूलले शोर्णिम स्कूलललाई  ३७।२२ फराकिलो स्कोरले  पराजित गर्दै उपाधी हात पारेको हो ।  एल.आर.आईले म्याचमा शुरुआत देखिनै अग्रता कायम गर्दै शोर्णिम माथि दबाब बनाएको थियो ।
प्रतियोगितामा छात्र  तर्फको मोष्ट भ्यालुयबल  खेलाडि एल.आर.आई. स्कूलकी   सोनीया राना र छात्र तर्फ  टि.आई.ए.का सम्राट गुरुङ भएका थिए । उत्कृष्ठ खेलाडिलाई विशेष ट्र«फि प्रदान गरिएको थियो ।
प्रतियोगिताको अर्को विधा फुटसलको फाईनल  उपाधी लिटिल एन्जल स्कूलले    जितेको छ । फाईनलमा लिटिल एन्जलले, ग्रिनफिल्डलाई ६।३ गोल अन्तरले पाराजित गर्दै  उपाधी जितेको हो ।फुटसल तर्फको मोष्ट भ्यालुयबल  खेलाडि लिटिल एन्जलका सुसान्त गुरुङ भएका थिए ।
प्रमुख अतिथि रुपक राजवंशीले बिजेतालाई  शिल्ड तथा पुरस्कार  प्रदान गरे । कार्यक्रममा बोल्दै राजवंशीले यस्ता प्रतियोगिताले अन्तर बिद्यालय आपसी सम्बन्ध थप मित्रवत हुने विश्वास व्यक्त गरे ।
आयोजक एल.आर.आई.का संस्थापक शिव राज पन्तले  विद्यार्थीहरु मानसिक र शारिरिक रुपमा तन्दुरुस्त हुन जरुरी भएकोले यस्ता प्रतियोगिताको निकै नै महत्व रहेको बताए । उनले विद्यार्थीहरु देशको भविष्य भएकाले खेलकुदको माध्यमवाट पनि बिद्यार्थीले आफ्नो करियर मजबुत बनाउदै मुलुकलाई ठुलो योगदान दिन सक्ने बताए ।
एल.आर.आई.का प्रिन्सिपल डा.देवकान्त जोशीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै, अतिरिक्त क्रियाकलापहरु पाठ्यक्रमा समाबेश भएको वर्तमान शिक्षा प्रणालिलाई बिद्यालय थप शसक्त ढंङ्गवाट अगाडी बढाउने बताए ।

डा. जोशीले यस्ता प्रतियोगिताले खेलाडीहरुमा सकारात्मक प्रतिस्प्रधाको भावना जगाउन निकै मद्दत पुग्ने तथा विद्यार्थीहरुको आत्मविश्वास तथा आत्मबल बढ्ने कुरामा जोड दिए ।

तपाइँको प्रतिक्रिया ।