बुढानिलकण्ठको खानेपानी समस्या समाधानका लागि डा.राजन भट्टराईको सक्रिय पहल

बुढानिलकण्ठको खानेपानी समस्या समाधानका लागि डा.राजन भट्टराईको सक्रिय पहल

कपन अनलाइन

काठमाडौं ,कार्तिक २३।

बुढानिलकण्ठ नगरपलिकाका वडा ८,९,१०,११,१२ र १३ मा मेलम्ची खानेपानीको सुविधा उपलव्ध गराउनका लागि डा. राजन भट्टराईले सकृय पहल जारी राखेका छन ।

चक्रपथ बाहिर मेलम्ची खानेपानीको विस्तार गर्ने योजना शुरु गर्न महत्वपूर्ण भुमिका खेलेका भट्टराईले तोकिएको समय भित्र योजना सम्पन्न गराउनका लागि सो सम्बन्धित सरोकारवाला निकाय , ठेकेदार र स्थानीय संग अन्तर क्रिया गरेका छन। ३० महिनामा सम्पुर्ण काम सम्पन्न गर्ने सम्झौता गरेको शैलुङ कन्ट्रक्सनका प्रतिनिधिले प्राविधिक तयार सकिएको र अबको २२ महिनामा काम सम्पन्न गर्ने प्रतिवदत्ता सहित प्रस्तुतिकरण राखेको कार्यक्रममा स्थानीयहरुले सोही कम्पनीले ठेक्का लिएको सडक समस्या वारेमा प्रश्न राखेका थिए ।

उक्त अन्तरक्रियामा बोल्दै नेपाल सरकारका विदेश सल्लाहकार डा. राजन भट्टराईले अबको समयमा यदि तर जस्ता कुरामा अल्झाएर योजनामा ढिलाइ गरे ठेकेदार कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका थिए। पछिल्लो समय ठुला ब्यक्ति पक्राउ परेको उदाहरण प्रस्तुत गर्दै डा. भट्टराईले सडक निर्माणमा जस्तो खानेपानीको काममा बहाना बनाएर काम नगरे ठेकेदार कम्पनीको पनि सोही नियति भोग्नुपर्ने तर्फ सचेत हुन कार्यक्रममा उपस्थित कम्पनीका प्रतिनिधिलाई सचेत गराएका थिए ।

कार्यक्रममा स्थानीयहरुले व्यक्त गरेको समस्या र आक्रोशको गम्भीरता प्रति संकेत गर्दै डा. भट्टराईले त्यहाँ उपस्थित आयोजना प्रमुख तथा सरोकारवाला निकायका जिम्मेवार ब्यक्तिहरुलाई सो आयोजनालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिका वडा -१० को मिलनचोक पार्टी भेन्युमा भएको अन्तरक्रियामा प्रदेश सभा सदस्य कुसुम कुमार कार्की , बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल , उप प्रमुख रमा राई , नगरपालिकाका सल्लाहकार मिठाराम अधिकारी , बिन्दा गौतम , आयोजना प्रमुख , निर्माण कम्पनीका प्रतिनिधि सहित बाक्लो शंख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । यस आयोजना अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको ठुलो क्षेत्रफलले खानेपानीको सुविधा प्राप्त गर्नेछ ।

बुढानिलकण्ठ नगरपालिका वडा १२ का अध्यक्ष शम्भु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा ११ अध्यक्ष राजु अधिकारीले स्वागत मन्तव्य राखेका थिए । वडा ८ का अध्यक्ष सुमन तामाङ , वडा ९ का अध्यक्ष राजेन्द्र सापकोटा ,र वडा १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठको उपस्तिथि रहेको कार्यक्रमको संचालन वडा १० का अध्यक्ष नवराज भट्टराईले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।