सांसद कुसुम कुमार कार्कीको अधुरो योजना :धोवीखोला सरसफाई

सांसद कुसुम कुमार कार्कीको अधुरो योजना :धोवीखोला सरसफाई

कपन अनलाइन 

काठमाडौं ,कार्तिक २२।

काठमाडौँ क्षेत्र नं ४ प्रदेश ख बाट निर्वाचित प्रदेशसभा सदस्य कुमार कार्कीले आफ्नो निर्वाचन दौरानमा पटक-पटक दोहोराएको विशेष थियो धोबीखोला सरसफाई। उनले आफ्ना मन्तब्य ब्यक्त गर्ने क्रममा बाल्यकालमा पौडी खेलेको स्थान रहेको स्मरण गर्दै  आफ्नो कार्यकाल भरी नुहाउन योग्य बनाउने बताएका थिए।

उनले आफ्नो निर्वाचन क्षेत्रको पहिचान र सभ्यता विकासको क्रमसँगै जोडिएको नदी रहेको भन्दै कार्कीले यस नदिको सभ्यता विकास गर्ने र पहिचान स्थापना गर्न आफूले विशेष कार्यक्रम सञ्चालन गर्ने पटक-पटक बताएका थिए।

उनले निर्वाचन दौरानमा गरेको प्रतिबद्धता पूरा गर्ने क्रममा धोबीखोला सरसफाई शीर्षकमा करिब ५० लाख रुपैयाँ प्रदेश सरकारबाट विनियोजन गर्न सफल पनि भएका थिए।

प्रदेश सरकार बाटो सो कार्यका लागि बजेट विनियोजन भएपश्चात प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीकै पहलमा सो कार्यक्रम सञ्चालनका लागि एउटा विशेष कमिटी गठन गरिएको थियो। सो कमिटी गठन भएपश्चात विकला सरसफाइलाई विभिन्न चरणमा अगाडि बढाउने र विभिन्न किसिमका प्रचारात्मक र अन्य काम गर्ने भन्दै समितिले आफ्नो कार्य योजना पनि निर्माण गरेको थियो।

सो समितिले विद्यालय स्तरीय वक्तृत्वकला ,आमस्तरमा अन्तरक्रिया गर्ने सहित विभिन्न स्थानमा सिसि टिभी क्यामेरा जडान तथा सचेतना मुलक बोर्ड राख्ने योजना बनाएर प्रस्ताव पेश गरेको समितिका एक पदाधिकारीले बताएका छन।

तर ति सबै योजना र अन्य कार्यक्रमहरु  कुनै पनि नभई सो सर सफाइको शिर्षकमा आएको रकम बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सार्वजनिक जग्गामा पार्क निर्माणका लागि प्रयोग गरिएको छ भने केहि रकम धोवीखोला नदीका किनारमा केहि फोहोर संकलन गर्ने बाक्सा र बोर्ड हालेर प्रयोग गरिएको छ ।

निजि पसल भित्र फोहोर संकलन बाक्सा

जुन बाक्सा अधिकांस स्थानमा अलपत्र परेका छन भने केहि दुरुपयोग समेत भएका छ भने पार्क निर्माणका लागि छुट्टाएको रकम पनि पुरा खर्च नभएर केहि रकम फिर्ता गएको वडा नं १३ का एक जनप्रतिनिधिले कपन अनलाइनलाई बताए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ धोबीढुंगा मुहान रहेको नगरपालिकाको महत्वपूर्ण प्राकृतिक सम्पदाको लागि आएको रकम किन खर्च हुन् सकेन भन्ने कपन अनलाइनको प्रश्नमा आफुले पेश गरेको योजनाको फाइल नगरपालिकामा हराएकोले काम सम्पन्न हुन् ढिला भएको समितिका एक पदाधिकारीले बताए । सो कार्यका लागि समिति र सांसद बाट समयमानै चासो र तदारुकता देखाउन नसकिएको स्वीकार्दै ति पदाधिकारीले नगरपालिकाले पनि यो अभियानको महत्व नजरअन्दाज गरिएकोमा दुख व्यक्त गरेका छन ।

त्यस्तै धोवीखोला सरसफाईको अभियानमा सक्रिय एक स्थानीय नेताको भने यो अभियान राजनीतिक खिचातानीमा परेको बुझाई रहेको छ । उनका अनुसार प्रदेस सभा सदस्य कार्कीले आफु निकटहरुलाई मात्र समितिमा राखेर अभियान संचालन गर्ने प्रयास गर्दा यो अभियान सफल हुन् नसकेको उनको धारणा रहेको छ।

कारणहरु जे सुकै भए पनि नगरपालिकाको सभ्यता र पहिचान संग जोडिएको नदीका लागि आएको ठुलो रकम प्रभावकारी रुपमा खर्च नहुदा यसले पक्कै सकारात्मक प्रभाव भने पारेको छैन भने यस वर्षका लागि सोहि कार्यका लागि  प्रदेस सरकार बाट  आएको १० लाख रुपैया पनि प्रभावकारी रुपमा खर्च हुनेमा शंका उत्पन्न भएको छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।