सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु संग मुख्यमन्त्री द्वारा विकास योजना वारे छलफल
कपन अनलाइन
सिन्धुपाल्चोक , कार्तिक २१।
प्रदेश -३ का मुख्यमन्त्री डोरमणी पौडेलले सिन्धुपाल्चोक जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरु संग बिकास निर्माणवारे छलफल गरेका छन।
प्रदेस सभाको अर्थ तथा विकास समितिको सभापति समेत रहेका प्रदेश -३ का प्रदेश सभा सदस्य सरेस नेपाल समेतको उपस्तिथिमा सिन्धुपाल्चोकको सुकुटे बीचमा पुगेका मुख्यमन्त्री पौडेलले कृषि र मासुजन्य पदार्थ उत्पादन सम्बन्धि योजनाका वारेमा विशेष चासो राखेका थिए ।
सोही अवसरमा आफ्नो धारणा राख्दै प्रदेश सभा सदस्य नेपालले मुख्यमन्त्रीको सिन्धुपाल्चोकको विकासमा देखाएको चासो र पहलका लागि धन्यवाद दिएका थिए ।
सो छलफलमा चाैतारा साङाचोक गढी नगरपालिकाका प्रमुख अमासिङ तमाङ ,बलेफि गा पा अध्यक्ष केदार क्षेत्री , लिसङखु पाखरका अध्यक्ष कमल नेपाल, शुनकाेसि अध्यक्ष श्रवण जिसि, गाउँपालिका माहासङ अध्यक्ष तथा जुगल गापा अध्यक्ष हाेम नारायण श्रेष्ठ सहित उपाध्यक्ष र वडा अध्यक्षहरु सहभागी रहेका थिए ।