गोकर्णेश्वर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी र एन.एस.सी.आइ.एस.ए को सहयोगमा व्हीलचियर बास्केटबल प्रशिक्षण सम्पन्न
कपन अनलाइन
काठमाडौँ, कार्तिक २१ ।विभिन्न कारण मेरुदण्ड पक्षघात भई हि्वलचियरको सहारा लिइरहेकालाई आत्मविश्वासी बनाउने लक्ष्यका साथै व्हिल चियर बास्केटबल खेलाडी उत्पादन गर्ने उदेश्यले नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोग तथा एन .एस .सी.आइ.एस.एको सहयोगमा ३१ अक्टोबर देखि ६ नोभेम्बर सम्म गोकर्णेश्वर नगरपालिका अत्तरखेलमा संचालित बौद्ध इन्टरनेसनल स्कुलमा जारी प्रशिक्षक तथा खेलाडीहरुलाई व्हीलचियर बास्केटबल ट्रेनिङ सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको समापन सत्रको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, बौद्द इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामा, राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्मा ,रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुखक Andre Paquet , अन्तर्राष्ट्रिय कोच क्यानडा का Mr. paul Bowes, अन्तर्राष्ट्रिय कोच यु.एस.ए Mr. Michael J.Rosenkrantz ,इन्जेग Simoene, टर्किज एयरका Abdullah . राष्ट्रिय कोच प्रेम सुन्दर होना ,किरण शेर्पा, शुभराट राजोपाध्याय, विजय लामा, राजु भुजेल, राजकुमार डंगोल लगायत खेलाडी र प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्रले गरेका थिए। भने कार्यक्रम संचालन नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघकी देबी आचार्यले गरेकी थिइन् ।राष्ट्रिय गान संगै सुरु भएको कार्यक्रममा सोनीका ढकालले स्वागत मन्तब्य राखेकी थिइन् ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले आयोजकलाइ धन्यबाद दिदै मेरुदण्ड पक्षघात भएकाले पनि केही गर्न सक्छन् भन्ने देखाउन यस्ता कार्यक्रम सहयोगी हुने बताए ।उनले मेरुदण्ड पक्षघात भएकाको मनोबल उच्च पार्न को साथै समाजमा अपाङ्गता भएका व्यक्तिहरुमा रहेको क्षमतालाई देखाउन, उनीहरुमा रहेको हिनताबोध हटाउन र उर्जाशील बनाउन खेलकुद सशक्त माध्यम भएको कारण अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदले उनीहरुप्रति हेरिने दृष्टिकोणलाई परिवर्तन गरी समाजको नकारात्मक अवधारणालाई परिवर्तन गर्ने भूमिका निर्वाह गर्नको लागि पनि यस्ता प्रकारका प्रशिक्षणको साथै प्रतियोगिता संचालन हुनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामा, राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्मा , रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुखक Andre Paquet लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा उक्त प्रशिक्षणका दौरान उत्कृष्ट हुने खेलाडी सहयोग गर्ने ब्यक्तिहरुलाई सर्टिफिकेट प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले आयोजकलाइ धन्यबाद दिदै अपाङ्गता भएका व्यक्तिको खेलकूदको प्रतिभालाई उजागर गर्नुको साथै खेल कौशल उजागर गरि प्रतिभावान खेलाडी उत्पादनको लागि यस्ता कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गरिन। उनले प्रशिक्षार्थीहरुले सो प्रशिक्षण बाट धेरै लाभान्वित भएको हुदा प्रशिक्षणको दौरान सिकेका ज्ञानलाइ व्यवहारमा उतारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त हुने गरि खेल्नको अनुरोध गरेकी थिइन् उनले नगरपालिकाले मेरुदण्ड पक्षघात हुनेहरुको लागि बिसेष कार्यक्रम गर्दै आइरहेको पनि बताउदै आगमी दिनमा पनि गर्ने बताइन ।
कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्रले कार्यक्रम संचालनको दौरान सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।