ओखलढुंगामा बाँदर लखेट्ने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु
कपनअनलाइन
ओखलढुंगा,कार्तिक १९। ओखलढुंगामा बाँदर लखेट्ने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोलुङ गाउँपालिका-३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा बोकेको बन्दुक पड्केर गम्भीर चोट लागेर स्थानीय १७ वर्षीय लालमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । बन्दुक पड्किँदा गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँदर लखेट्ने समूहका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले जंगलबाट दुई थान भरुवा बन्दुकसमेत बरामदसमेत गरेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।