बुढानिलकण्ठ मूल सडक सरसफाइ सम्बन्धी छलफल सम्पन्न

बुढानिलकण्ठ मूल सडक सरसफाइ सम्बन्धी छलफल सम्पन्न
कपनअनलाइन
बुढानिलकण्ठ, कार्तिक १८। बुढानिलकण्ठ मेलालाई मध्ये नजर गर्दै मुल सडकको सर सफाइका लागि प्रदेश सभा सदस्य दिपक निरौलाको संयोजनमा छलफल सम्पन्न भएको छ।
हरिबोधनी एकादशी देखी पुर्णिामा सम्म लाग्ने मेलामा आउने श्रद्धालु भक्तजनहरुलाई नगरपालिकाको स्वच्छता र सफाइ महत्त्वपूर्ण रहेकोले सरोकारवालापक्षविच उक्त छलफल गरिएको थियो ।
उक्त छलफल कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धब खरेल , प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला , नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी , सचिव प्रदिप डङोल , वडा १ देखी ८ सम्मका अध्यक्षहरु क्रमस सुरेन्द्र लामा , राजेन्द्र खड्का , बाल कृष्ण श्रेष्ठ , राजु खड्का , बिजय तामाङ , नवीन केसि , बस नारायण महर्जन , सुमन तामाङ सहित विभिन्न विध्यालयका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
काठमाडौंका विभिन्न स्थानबाट बुढानिलकण्ठ आउने मुल सडकमा देखिएको फोहोर र त्यस स्थानमा रहेका अवरोधहरु हटाउने तथा सो कार्यका लागि बृहत सर सफाइ कार्यक्रम कार्तिक १९ गते आयोजना गरिने प्रदेश सभा सदस्य निरौलाले जानकारी गराएका थिए ।
तपाइँको प्रतिक्रिया ।