सुवर्णसिंह विष्ट बने पहिलो नेपाली कार्ट रेसिङ च्याम्पियन

सुवर्णसिंह विष्ट बने पहिलो नेपाली कार्ट रेसिङ च्याम्पियन

कपनअनलाइन

काठमाडौं,कार्तिक १७। नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)द्वारा सञ्चालित ‘१०० युथ आवर फ्युचर’ अभियानको समापन आइतबार सिंगापुरमा गरिएको छ।

‘फेडेरेशन इन्टरनेशनल डेल’ अटोमोबाइल (एफआईए) को स्पोर्ट डेभलप्मेन्ट प्रोग्राम अन्तर्गत तथा काठमाडौँ इन्जिनिरिङ कलेजको सहकार्यमा सञ्चालित सो अभियान एक हजार चार सय विद्यार्थीबीच सुरु गरिएको थियो। विभिन्न विधाबाट ७ जना विजयीहरु सिंगापुरको लागि छनौट भएका थिए। जसको बिचमै नेपालकै पहिलो कार्ट्स कम्पिटिसन सम्पन्न गरिएको हो।

यहि नोभेम्बर १ मा प्रारम्भिक राउण्ड र २ मा छनौट राउण्ड तथा फाइनल राउण्डमा कार्टस च्याम्पियनसपि गरिएको हो। जसमा सुवर्ण सिंह विष्ट प्रथम, आश्विन जलान द्वितीय तथा सरोज श्रेष्ठ तृतीय भए। ११ वर्ष अगाडी नेपालमा संस्थागत रुपमा शुरु भएको मोटर स्पोर्ट्सको एउटा विधा कार्टिङको पहिलो कम्पिटिसन विश्वकै उत्कृष्ट र एसियाकै सर्वोत्कृष्ट ट्रयाक मा सम्पन्न गर्न नासा नेपाल सफल भएको छ। आजै विहान सो अभियान विधिवत रुपमा समापन गरिएको छ।

मोटो स्पेर्टस् सिंगापुरका पुर्व अध्यक्ष लेस्ली चांङको समन्वयमा सो कम्पिटिसन र अभियानकै समापन सिंगापुरमा सम्पन्न गर्न सफलता मिलेको हो।

कम्पिटिसनका विजयीहरुलाई शिल्ड तथा प्रमाणपत्र समेत एफआईए स्टेवार्ड कमिसनकि सदस्य जेनेत तान, लेस्ली चांङ तथा नासाका अध्यक्ष दशरथ रिसाल लगायतले प्रदान गरे। कार्यक्रमका सहभागीलाई एसियन कार्टिङका च्याम्पियनहरुले सैद्धाान्तिक प्रशिक्षण समेत दिएका थिए।

तपाइँको प्रतिक्रिया ।