चाबहिलको ६६ केभी सबस्टेसन मर्मत सुरु
कपन अनलाइन
काठमाडौं कार्तिक ८ चावहिलस्थित ६६ केभी सबस्टेसनको मर्मत सुरु भएको छ।मर्मत सुरु भएपछि त्यहाँबाट विद्युत आपूर्ति हुने चावहिल, बौद्ध, जोरपाटी, नयाँबस्ती, साँखु, बत्तीसपुतली, टंगाल लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।
सबस्टेसनबाट १२ वटा फिडरमार्फत विद्युत आपूर्ति हुने गर्छ।नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्र प्रमुख बाबुराम सुवेदीले मर्मत सक्ने कम्तीमा पनि दुई घण्टा लाग्ने बताए।तिहारको बेला बत्ती जान नदिन सबस्टेसनमा राखिएका कन्डक्टर लगायतको मर्मत गरिएको उनले बताए।
स्रोत नेपाल खबर
तपाइँको प्रतिक्रिया ।