जमिन बाझो राख्ने संग बुढानिलकण्ठ नगरपालिकाले थप कर लिने
कपन अनलाइन
काठमाडौं ,कार्तिक ८।
कृषि योग्य जमिनहरुको उपयोग र नगरी बाझै राखी कृषि छेत्रमा समेत असर हुँदै गरेको अवस्थामा बूढानीलकण्ठ नगरपालिकाद्वारा कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि उत्पादनमा जोड दिनका लागि नगर सभाबाट पारित नीति तथा नियम अनुरुप नगरपालिकाको अधिकाशं खेतियोग्य भूभाग खाली तथा बाँझो राखिएमा जरिवाना लाग्ने नगरपालिकाले निर्णय गरेको छ।
उक्त निर्णय र नीति अनुसार बाँझो रहेका जग्गा जतिलाई मालपोत कर सहित आर्थिक ऐन २०७६ अनुसूची २ कर स ५ अनुसार थप कर लियिने नगरपालिकाको सुचना प्रकाशित गरिएको छ।
तपाइँको प्रतिक्रिया ।