प्रदेस नं ३ को मुख्यमन्त्रीको सपथ भोलि हुने
कपन अनलाइन
हेटौडा ,माघ २८।
प्रदेस नं ३ को मुख्य मन्त्री नियुक्त गर्नका लागि आज नेकपा एमाले संसदीय दलले प्रदेशका सचिवलाई सपथका लागि पत्र बुझाएको छ । प्रदेस सभा सदस्य रामेश्वर फुयाल ,नारायण सिलवाल ,दिपक निरौला ,गणेश दत्त दुलाल सहितको टोलीले प्रदेस प्रमुखका सचिवलाई भेटेर पत्र बुझाएका थिए।
नेकपा एमाले प्रदेस नं ३ का संसदीय दलका नेता डोरमणि पौडेलले लेखेको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्य मन्त्रीको सपथका लागि अनुरोध गरिएको छ ।
प्रदेस नं ३ को मुख्य मन्त्रीको सपथ भोलि माघ २९ गते हुने प्रदेस सभा सदस्य दिपक निरौलाले बताए ।नेकपा एमालेको संसदीय दलको पत्र संगै नेकपा माओवादी केन्द्रका तर्फ बाट पनि समर्थन गरिएको पत्र प्रदेसका सचिवलाई बुझाइएको छ ।
तपाइँको प्रतिक्रिया ।