नेपालको शिक्षा क्षेत्रमा राहत शिक्षकहरुको ठुलो योगदान रहेको छ :सुवर्ण श्रेष्ठ
कपन अनलाइन
काठमाडौ, माघ २८ ।
राहत शिक्षक समिति काठमाडौंले चन्द्रागिरी नगरपालिका वडा नं ६ त्रिभुवन पार्कमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै विशेष अतिथि शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले राहत शिक्षकहरुले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान गरेको बताउदै पेशागत असुरक्षा हुदा हुदै पनि राहत शिक्षकले आफ्नो क्षेमताले भ्याए सम्म काम गरेको बताएका थिए ।
उनले अरु संग आत्मनिर्भर हुनु पर्ने अरुको स्रोत बाट चल्नु पर्ने अवस्था बिध्यमान रहको बताउदै राहत शिक्षकको धेरै समस्या प्रति आफु अवगत भएको बताएका थिए।
उनले आहिले सबै शिक्षाहरु माध्यमिक सम्म स्थानीय निकायमा आइसकेकोले गर्दा भोलिका दिनमा राहत कोटामा रहेका सबै शिक्षकहरुलाई कसरी अघि लाने भन्ने बिषयमा चिन्तित रहेको बताएका थिए ।उनले आफुहरु एउटा संघर्ष बाट आएको जनप्रतिनिधि भएको नाताले कोहि कसै माथि अन्याय नहोस भन्नेमा ध्यान दिनु जरुरी भएको बताए ।
उनले राहत शिक्षकले देश परिबर्तन गर्न विद्यार्थीहरुलाई शिक्षा र ज्ञान प्रदान गर्ने काममा अहोरात्र खटेको बताउदै त्यो जिम्मेवारी निर्वाह गर्ने क्रममा आफ्नो अधिकार प्राप्त नभएसम्म जसरी काठमाडौं राहत शिक्षक समिति बनाएर अघि बढेको मा त्यो अधिकार प्राप्त नभएसम्म अगाडी बढ्नको लागि अनुरोध गरेका थिए।
उनले नगरपालिकाको जनप्रतिनिधिको रुपमा राहत शिक्षक को अधिकार प्राप्तिको लागि काठमाडौं राहत शिक्षक समितिलाइ नैतिक समर्थन रहेको जानकारी दिएका थिए ।उनले अहिले अरुलाई दोष देखाएर अघि बढ्नु भन्दा आफूहरुनै निर्णय गर्ने ठाउमा आएको हुनाले यसलाई कसरि अगाडी बढाउने भन्ने बारेमा काठमाडौँको सबै नगरपालिकाबसेर छलफल गरेर अघि बढ्नुपर्ने बताएका थिए ।उनले राहत शिक्षकलाइ अन्याय परेकोमा न्याय दिलाउने काममा सहयोग गर्न आफु तयार रहेको बताएका थिए। ।