बाराहीटोलमा मोटरबाटो निर्माण

बाराहीटोलमा मोटरबाटो निर्माण

कपन अनलाइन 

रामपुर, पाल्पा, २६ माघ । स्थानीयवासीको सक्रियतामा पूर्वखोला गाउँपालिका–३ को बाराहीटोलमा मोटरबाटो निर्माण गरिएको छ । पूर्वखोला गाउँपालिकाको वडा नं ३ को चुनियाँदेखि बाराही टोलसम्मको तीन किलोमिटर मोटरबाटो निर्माण गरिएको हो ।

साविक रिङ्नेरह गाविसको चुनियाँदेखि बाराहीटोल, भुपिया, अर्खलडाँडा हँुदै रुम्ढ्या जोड्ने सात किलोमिटर ट्रयाकमध्ये तीन किलोमिटर सडकको ट्रयाक खुलेपछि स्थानीयवासी खुशी भएका छन् ।

पूर्वखोला गाउँपालिकाको रु ५० हजार र स्थानीवासीको रु एक लाख २५ हजार गरी जम्मा रु एक लाख ७५ हजारको लागतमा मोटरबाटो निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हुम नेपालीले बताए । यहाँ मोटरबाटो निर्माण भएपछि बाराही टोलका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ ।

तपाइँको प्रतिक्रिया ।