उपरास्ट्रपति नन्द बहादुर पुन कागेश्वरी मन्दिर गागलफेदीमा किन पुगे ?

उपरास्ट्रपति नन्द बहादुर पुन कागेश्वरी मन्दिर गागलफेदीमा किन पुगे ?

कपन अनलाइन

काठमाडौं,माघ २३।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं  १ गागलफेदीमा बिहानै देखि चहलपहल देखिन्थ्यो बाटो देखि नै स्वागतको लागि घडा थापिएको थियो भने स्वागतको लागि बाटो को ठाउ ठाउमा रंग अबिरले स्वागत लेखिएको थियो।

आज बिहान कपन अनलाइनको टिम गागल फेदीमा फाल्गुन ७ गते हुन लागेको कागेस्वरी महोत्सबको तयारीको बारेमा स्थलगत रिपोर्टिंगको लागि निस्किएको थियो।

संयोग त्यस्तै जुरेको हुनु पर्छ त्यहा श्री बाल उद्दार माविको ५० औ बार्षिक उत्सब एबम स्वर्ण महोत्सब कार्यक्रम रहेछ जसमा प्रमुख अतिथि  उप रास्ट्रपति नन्दकिशोर पुन पासाङ रहेछन।हामी  त्यहा पुग्दा स्थानीयहरु स्वागत को लागि तयारी गरिरहेका थिए , कोहि फुल खोज्दै थिए भने कोहि घडा सिंगार गरिरहेका थिए।

त्यतिकैमा कागेश्वरी मनोहरा नगरपालिका का प्रमुख कृष्णहरि थापा र उप प्रमुख बिन्दु सिंखडा पुडासैनी आइपुगे। उनीहरु संगै वडा अध्यक्ष राजाराम पुडासैनी ,मुकुन्दप्रसाद गजुरेल पनि सहभागी भए ।

एकै छिनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य कृष्ण राइ र प्रदेश सभा सदस्य रामेश्वर फुयाल सहित काठमाडौँ क्षेत्र नं ६ प्रदेश सभा सदस्य केशब स्थापित पनि सहभागी भए । उनिहरु सहित काठमाडौं जिल्ला समन्वय समितिका सदस्य उद्दब भण्डारी लगायत अन्य अतिथिहरुको पनि आगमन भयो।

सबै जना गफ गाफ गर्दै थिए त्यतिकै बेला प्रहरी र सुरक्षा निकायका ब्यक्तिहरु कागेश्वरी मन्दिर तर्फ लागे ।हामी उचाइमा थियौ, त्यतिबेला लगभग ११ बजेको थियो। तल बाट सुरक्षा साइरन सहित उपराष्ट्रपतिको आगमन हुदै गरेको देखिथ्यो ।सबै जना लाइनमा बसेर स्वागत गर्न तयार भए ।एकै छिनमा थाहा भयो कागेश्वरी महोत्सबको पुर्व सन्ध्यामा उप रास्ट्रपतिबाट कागेश्वरी महादेव मन्दिरको भ्रमण गर्ने कार्यक्रम तय भएको रहेछ ।

हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कागेश्वरी महोत्सव आयोजना गरिन्छ नेपालको पहिलो जान क्रान्ति भएको दिन फागुण ७ गते महोत्सव संचालन गर्ने गरिएको काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य रामेश्वर फुयालले बताए । नेपाल सरकारले समेत उक्त दिनलाई बिर्सिएको बेलामा जनताको योगदानको कदर स्वरूप उक्त दिन छानिएको उनले बताए ।

कागेश्वारी क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उदेश्यले महोत्सब  सुरु गरिएको थियो ।कागेश्वरी मन्दिर परिसरमा सांसद क्षेत्र विकास कोषको रकम बाट २०० किलोको कागको प्रतिमा निर्माण गरि २०७४ शालको काग तिहारका दिन अनावरण गरिएको थियो ।

यस वर्षको महोत्सवमा स्थानीय स्तरका उत्पादन र कला संस्कृतिलाई प्रवर्धन गर्दै कागेश्वारी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गरि तयारी सुरु गरिएको छ ।सोहि महोत्सबको बारेमा अवगत गराउनुको साथै उपराष्ट्रपतिलाइ त्यस ठाउ सम्म लैजाने उदेश्य प्रदेश सभा सदस्य रामेश्वर फुयालको रहेछ ।

बाटो अफ्ट्यारो थियो सबैले उपरास्ट्रपति जानु हुदैन भन्ने अनुमान गरेका थिए ।एकै छिनमा उपराष्ट्रपतिको आगमन भयो।  सबैले स्वागत गरेपछि उपराष्ट्रपतिले एकछिन बिश्राम गरेपछि मन्दिर तर्फ  पैदल यात्रा सुरु भयो  ।

प्रदेश सभा  सदस्य रामेश्वर फुयाल ,प्रतिनिधि सभा सदस्य कृष्ण राइ सहित कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा उप प्रमुख वडा अध्यक्ष लगायत को टोलि उपरास्ट्रपती संगै कागेश्वरी महादेव मन्दिर तर्फ लागे बाटोमा प्रदेश सभा सदस्य रामेश्वर फुयाल र नगरपालिका प्रमुख कृष्णहरि थापाले उपरास्ट्रपतीलाई स्थानको परिचय भौगोलिक अवस्था र कागको प्रतिमा निर्माण गरेको बिषयमा अवगत गराएका थिए ।

बाटो बाट जाँदै गर्दा उपराष्ट्रपति पुनले काठमाडौको मनोरम दृश्य अवलोकन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।